समाचारको विधा

स्थानीय

आगोलागी पिडितलाई टच मराङको सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ अर्वाङका आगोलागी पिडित मतिकला जुग्जालीलाई टच मराङ अस्टे«लीयाले आर्थिक सहयोग गरेका छन् । गत वैशाख १५ गते आगोलागी हुँदा एकल महिला जुग्जालीको घर र त्यहाँ रहेका सबै सामान जलेर नष्ट भएको थियो । आगलागी

म्याग्दीका स्थानीय तहमा कार्यपालिका गठन

बेनी, म्याग्दीका ६ वटै स्थानीय तहको कार्यपालिकाले पूर्णता पाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित जनप्रतिनिधीहरुको मतदानबाट बेनी नगरपालिकामा ८ जना र पाँच वटा गाउँपालिकामा छ÷छ जना सदस्य चुनिएका हुन् । बेनी, धवलागिरी

रघुगंगाको चिमखोला र कुइनेमंगलेमा मोवाइल सेवा विस्तार

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमंगलेका दुर्गम बस्तीहरुमा नेपाल टेलिकमको मोवाइल सेवा विस्तार भएको छ । रघुगंगा गाउँपालिका–७ चिमखोलाको पुस्तिवाङ डाडामा अस्थाई विटिएस टावर जडान गरेपछि भौगोलिक रुपमा विकट र दुर्गम

भकिम्लीमा उद्घोषण र भाषणकला तालिम शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा बिहिबारदेखि उद्घोषण तथा भाषणकला तालिम शुरु भएको छ । बेनी नगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोग र म्याग्दी जेसिजसँगको सहकार्यमा प्रगतिशिल दलित मञ्चले आयोजना गरेको तालिमको वडा सदस्य रत्नबहादुर

पुरुण्डीमा निशूल्क आँखा उपचार शिविर

बेनी, । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरुण्डीमा बुधबार निशूल्क आँखा उपचार शिविर सम्पन्न भएको छ । म्याग्दी जेसिजको २४ औ स्थापना दिवसको अवसरमा सञ्चालित जेसिज सप्ताहको चौथो दिन आयोजित शिविरमा ३०५ जना लाभान्वित भएका छन् । १०५

पहिलो र विशेष गाउँसभामै मालिकाका जनप्रतिनिधीहरुको बिवाद

बेनी, । म्याग्दीको मालिका गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुबीच पहिलो गाउँसभामै बिवाद भएको छ । दरवाङमा बुधबार आयोजित विशेष गाउँसभा एमाले र अन्य दलबाट निर्वाचित जनप्रतिनिधीहरुको बिवादका कारण स्थगित भएको छ । बजेट रकमान्तर र

म्याग्दीका पालिकाले दुई अरब ११ करोड अनुदान पाए

बेनी,। संघीय सरकारले म्याग्दीका स्थानीय तहहरुका लागि आगामी आर्थिक वर्ष २०७९÷८० मा कुल दुई अरब ११ करोड ६१ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माल सार्वजनिक गर्नुभएको बजेट बक्तब्यको बिबरणमा म्याग्दीको बेनी

धवलागिरीमा आइतबार बिदा नहुने

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आइतवार सार्वजनिक विदा नदिने भएको छ । मुनामा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकले सो निर्णय गरेको हो । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले निर्णय

अन्नपूर्णको कार्यपालिका सदस्यमा एमालेका उमेद्वार निर्विरोध

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उमेद्वारहरु निर्विरोध भएका छन् । मनोनयन दर्ताका क्रममा छ जनाको एकल उमेद्वारी परेपछि निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल

हावाहुरीले दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा सोमवार अपराहन्नको हावाहुरीले क्षति गरेको छ । दिउँसो करिब ३ः३० बजेतिर हावाहुरीले सभाहलको छानो उडाएर क्षति गरेको हो । मालिका गाउँपालिका–६ का