बेनपाद्धारा दुई सडक स्तरोन्नति गर्न ८१ लाख बिनियोजन

बेनी, ३० फागुन । बेनी नगरपालिकाका दुई वटा सडक स्तरोन्नति गर्न रु.८१ लाख बिनियोजन भएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले बेनपा २ को हाडेभिर–लभ्लिहिल र बेनपा–३ को दूधेखोला–हल्लेगौडा–भकिम्ली सडक

राम्चेमा अन्नपूर्ण ८ को वडा कार्यालय भवन शिलन्यास

राम्चे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ को वडा कार्यालय भवन निर्माण शुरु भएको छ । राम्चेमा निर्माण हुन लागेको भवनको सोमबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले शिलन्यास गर्नुभयो । जिल्ला समन्वय समिति र अन्नपूर्ण गाउँपालिकाको

नौलिस्नेखोलामा ३५० मिटर लामो पुल निर्माण

बेनी । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको सिमाना स्थित नौलिस्ने खोलामा ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको वाटो पाँच मिनेटमा छोटिएको छ । संघीय सरकार अन्तरगतको ससपेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौले मालिका

काँग्रेसको चुनावी अभियान

बेनी । नेपाली काँग्रेस म्याग्दीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान सुरू गरेको छ । जिल्लाका ६ वटै स्थानिय तहका प्रत्येक गाउँ वडा र टोलसम्म पुग्ने गरी आइतबारदेखि सुरू भएको एक महिने ‘घर–घर जाऔँ,

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई १९ पदक

बेनी । पोखरामा भएको गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीका खेलाडीले १९ पदक जितेका छन् । फागुन २६ र २७ गते भएको प्रतियोगितामा म्याग्दीबाट सहभागी खेलाडीले ४ वटा स्वर्ण, ४ वटा रजत र ११ वटा कास्य पदक जितेका छन् । जिल्ला

कलाकार कल्याणकारी कोष स्थापना

बेनी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, म्याग्दी शाखाले कलाकार कल्याणकारी कोष स्थापना गरेको छ । प्रतिष्ठानको २१ औँ स्थापना दिवस तथा लोक दोहोरी दिवस २०७८ को अवसरमा रु. एक लाख पचास हजारको कोष स्थापना गरिएको हो । प्रतिष्ठानका

भगवतिमा सिलाई कटाई तालिम

भगवति । रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा तीन महिने ब्यावसायिक सिलाई कटाई सम्वन्धी स्तरोन्नती तालिम सम्पन्न भएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत गाउँपालिकाको आर्थिक सहयोगमा पुष १ गतेबाट ब्यावसायिक सिलाई कटाई तालिम

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव समाजको सम्पत्ति

बेनी । म्याग्दीका सरोकारवालाहरुले जेष्ठ नागरिकको ज्ञान, सिप र अनुभव सामाजिक पँुजि भएको बताएका छन् । सामाजिक विकास कार्यालयको सहयोगमा म्याग्दी मिडिया सोसाइटीले आइतबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले समाजको विकास र

धार्मिक महोत्सवको सातौ दिनसम्म करिव २८ लाख संकलन

रत्नेचौर, । म्याग्दीको बेनी नगरपालिका–१ मा सञ्चालित ‘रत्नेचौर धार्मिक महोत्सव’ को सातौ दिनसम्म करिब २८ लाख रुपैयाँ सहयोग जुटेको छ । परम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरी मन्दिरमा फागुन २३ गतेदेखि शुरु भएको महोत्सवमा

मुनामा निशूल्क आयुर्वेद स्वास्थ्य शिविर

गोपाल आचार्यमुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा सम्पन्न निशूल्क आयुर्वेद स्वास्थ्य शिविरबाट २३५ जना लाभान्वित भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा शनिबार शिविर सञ्चालन भएको थियो । एक दिने शिविरबाट