राम्चेमा अन्नपूर्ण ८ को वडा कार्यालय भवन शिलन्यास

Gandaki Pardesh notice

राम्चे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ को वडा कार्यालय भवन निर्माण शुरु भएको छ ।

राम्चेमा निर्माण हुन लागेको भवनको सोमबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले शिलन्यास गर्नुभयो । जिल्ला समन्वय समिति र अन्नपूर्ण गाउँपालिकाको साझेदारीमा भवन निर्माण गर्न लागिएको हो ।

भवन निर्माणका लागि २०७८ फागुन २७ गते उत्तरगंगा निर्माण सेवासँग कर सहित रु. ६४ लाख ७६ हजार ४४१.८० मा सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले बताउनुभयो ।

Shreekrishna hardwear in news

भवन निर्माणका लागि जिससले रु. ६० लाख र गाउँपालिकाले रु. ४० लाख बिनियोजन गरेका थिए । भुईतलामा एक वटा सभाहल, चार वटा कोठा र शौचालय, वाथरुम सहितको भवनको माथिल्लो तलामा भ¥याङ र पिल्लर ठडाइने इञ्जिनियर इश्वरबहादुर भण्डारीले बताउनुभयो ।

Bhautik ministry notice about road

६ वटा निर्माण कम्पनीहरुले विद्युतीय माध्यमबाट ठेक्का प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । कम कवोलेको उत्तरगंगाले ठेक्का पाएको हो । २०७९ असार महिनासम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । कम्पनीका प्रतिनिधी कृष्णप्रसाद बरुवालले निर्धारित समयभित्रनै भवन निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो ।

वडा कार्यालयको भवन निर्माणका लागि राम्चे घर भई बुटवलमा बस्दै आएकाहरुले दश आना जग्गा उपलब्ध गराउनुभएको थियो । राम्चे स्वास्थ्य चौकीको भवन नजिकै दाताले उपलब्ध गराएको जग्गामा वडाको भवन बनाउन लागिएको वडा अध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो ।

हाल वडा कार्यालय राम्चे स्थित सामुदायिक भवनको कोठाबाट सञ्चालन हुदै आएको छ । पुरानो र साँघुरो भवनमा सेवा प्रवाहमा असहज हुने गरेको थियो । नयाँ भवन निर्माण भएपछि सेवाप्रवाह सहज हुने वडा अध्यक्ष गर्बुजाले बताउनुभयो ।

शिलन्यासका क्रममा गाउँपालिका अध्यक्ष पुन र प्रशासकीय अधिकृत शर्माले तोकिएको गुणस्तर र मापदण्ड अनुसार निर्धारित समयभित्रै भवन निर्माण गर्न कम्पनीका सञ्चालकलाई निर्देशन दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...