नौलिस्नेखोलामा ३५० मिटर लामो पुल निर्माण

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको सिमाना स्थित नौलिस्ने खोलामा ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको वाटो पाँच मिनेटमा छोटिएको छ ।

संघीय सरकार अन्तरगतको ससपेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौले मालिका गाउँपालिका–७ बिमवाङको पाल्तुङ र धवलागिरी गाउँपालिका–६ मराङको रिख जोड्ने झोलुङ्गे पुल निर्माण गरेको हो ।

बिमवाङका वासिन्दा खिमन जुग्जालीले पुल वनेपछि एक घण्टा लाग्ने वाटो पाँच मिनेटमा छोटिएको बताउनुभयो । “बिमवाङ देखि रिख पुग्न भिर, खोल्सा र जंगलमा करिक एक घण्टा उकालो र ओरालो पैदलयात्रा गर्नुपर्ने थियो,” उहाँले भन्नुभयो “पुल बनेपछि पाँच मिनेटमै पुग्न सकिने भएको छ ।”

Shreekrishna hardwear in news

यो पुलवाट मालिका, धवलागिरी र रघुगंगा गाउँपालिकाका वासिन्दालाई सुविधा पुगेको छ । घुमाउरो बाटोमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । बिम, मराङ, मल्कवाङ र कुइने मंगलेका करिब एक हजार पाँच सय घरधुरी लाभान्वित भएका छन् । सहज र सुरक्षित रुपमा यात्रा गर्न पाएको धवलागिरी–६ आरवाङको प्रगति युवा क्लवका अध्यक्ष चक्र पुनले वताउनुभयो ।

Bhautik ministry notice about road

म्याग्दीको नौलिस्नेखोलामा ३५० मिटर र कास्कीको अन्नपूर्ण गाउँपालिकाको पहिरेखोलामा १२३ मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न उमा÷थानी÷हिमशिखर जेभीले बि.स. २०७७ असारमा रु. दुई करोड ५८ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीका प्राबिधिक बिष्णु बुढामगरले निर्माण सकिएको पुलको प्राबिधिक नापजाँच गरि प्रयोगका लागि खुला गरिएको बताउनुभयो । उहाँका अनुसार यो पुलमा एक पटकमा ७५५ जना मानिस आवत जावत गर्न सक्ने क्षमता रहेको छ । पुलको उचाई करिब १५० मिटर छ ।

आवत जावत सहज हुनुका साथै यो पुल पर्यटकीय हिसावले पनि सम्भावना पनि रहेको धवलागिरी गाउँपालिका–६ मराङका वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । पुल तर्ने क्रममा रिख र बिमवाङको फेदीमा रहेका झरनाहरुको अवलोकन गर्न सकिन्छ ।

साहासिक खेल बञ्जिजम्प सञ्चालन गर्नका लागि पनि सम्भावना छ । लामो र अग्लो पुल अवलोकन गर्न आउने पर्यटकहरुका कारण बिमवाङ र रिखमा चहलपहल तथा ब्यापार व्यवसाय बढ्ने अपेक्षा गरिएको छ । यो पुल भएर प्रसिद्ध धार्मिक स्थल मालिका धुरीमा पुजाआजा, दर्शन र अवलोकन गर्न जाने पर्यटकहरुलाई समेत सुविधा पुग्ने मालिका गाउँपालिका–७ का वडा अध्यक्ष रेशम जुग्जालीले वताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...