ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव समाजको सम्पत्ति

Gandaki Pardesh notice

बेनी । म्याग्दीका सरोकारवालाहरुले जेष्ठ नागरिकको ज्ञान, सिप र अनुभव सामाजिक पँुजि भएको बताएका छन् ।

सामाजिक विकास कार्यालयको सहयोगमा म्याग्दी मिडिया सोसाइटीले आइतबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले समाजको विकास र समृद्धिमा ज्येष्ठ नागरिका अनुभव र ज्ञान सीपलाई उपयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव समेटिएको बृत्तचित्र प्रदर्शन र अन्तरक्रिया गरिएको थियो । ज्येष्ठ नागरिक समेत रहेका मालिका गाउँपालिका–४ का वडा अध्यक्ष दिलिप शेरचन (८२) ले ज्येष्ठ नागरिकहरुमा रहेको ज्ञान, सीप र अनुभवहरुलाई उपयोग गर्ने उपयुक्त वातावरण तयार हुनुपर्नेमा जोड दिनुभयो ।

Shreekrishna hardwear in news

उहाँले हरेक मानिसले ज्येष्ठ अवस्था पार गर्नै पर्ने भएकाले उनीहरुको लागि सामाजिक सुरक्षा र सामाजिक सबलीकरणतर्फ सम्बद्ध निकायले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन र प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाले ज्येष्ठ नागरिका ज्ञान, सीप र अनुभवलाई समाजले ग्रहण गर्नुपर्छ भन्ने सन्देश बोकेको बृत्तचित्र सहितको कार्यक्रमले समाजमा ज्येष्ठ नागरिकको महत्वलाई उजागर गरेको बताउनुभयो ।

Bhautik ministry notice about road

सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा मगरले ज्येष्ठ नागरिकले आफ्नो जिवनको सक्रीय अवस्थामा हाँसिल गरेका ज्ञान, सीप र अनुभवलाई समाजको अमुल्य सम्पतीको रुपमा पुस्तान्तरण गर्न कार्यक्रम समावेश गरिएको बताउँदै युवा, विद्यार्थीहरुलाई यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिक नैनकुमार श्रेष्ठ, ध्रुवलाल शर्मा, लक्ष्मी जोसी, अंगद श्रेष्ठ लगायतले जिवनको उतार चढाब र ज्ञान सीप बारे पहिलो पटक सार्वजनिक कार्यक्रममा अनुभव अभिव्यक्त गर्न पाएकोमा धन्यबाद ज्ञापन गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका सदस्य पदम विश्वकर्मा, विद्यार्थीहरु विबा खाती, हिमाल आचार्य, ज्ञानेन्द्र मल्ल लगायतले हराउँदै गएका भाषा, संस्कृति, परम्परा र रहनसहनलाई ज्येष्ठ नागरिकका अनुभूतिका रुपमा वृत्तचित्रमा उतार्नु उल्लेखनीय काम भएको बताउँदै स्थानीय पाठ्यक्रमहरुमा समेत यस्ता बिषयबस्तुलाई समावेश गर्न सके नयाँ पुस्ताका लागि सम्पतीको रुपमा पुस्तान्तरण हुन सक्नेमा जोड दिनुभयो ।

सोसाईटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता र सचिब अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी लगायत विभिन्न संघ संस्था र कार्यालयका प्रमुख तथा प्रतिनिधी, विद्यार्थी र ज्येष्ठ नागरिक लगायतको समेत सहभागीता रहेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...