बेनपाद्धारा दुई सडक स्तरोन्नति गर्न ८१ लाख बिनियोजन

Gandaki Pardesh notice

बेनी, ३० फागुन । बेनी नगरपालिकाका दुई वटा सडक स्तरोन्नति गर्न रु.८१ लाख बिनियोजन भएको छ ।

नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले बेनपा २ को हाडेभिर–लभ्लिहिल र बेनपा–३ को दूधेखोला–हल्लेगौडा–भकिम्ली सडक मर्मत तथा स्तरोन्नतिका लागि बजेट बिनियोजन गरेको हो ।

नगर कार्यपालिकाका प्रवत्ता तथा वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराइलीले सडक बोर्डबाट प्राप्त रु. ५५ लाख र नगरपालिकाको समपुरक कोषको रु. २७ लाख बजेट दुई वटा सडकलाई बिनियोजन गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

दूधेखोला–हल्लेगौडा–भकिम्ली सडकलाई पहिरोले क्षति पु¥याएकाले पुननिर्माण गर्नुपर्ने छ । बेनी–लभ्लीहिल सडकबाट स्थानीयबासीका साथै लभ्लिहिल घुम्न जाने आउने पर्यटकलाई सुबिधा पुग्छ ।

Bhautik ministry notice about road
बेनी नगर कार्यपालिकाको बैठकको निर्णय सार्वजनिक गर्नुहुदै कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइली ।

यसैगरी बेनी नगरपालिका–४ तातोपानीमा म्याग्दी नदीमा आएको बाढीको कारण कटानको चपेटामा परेको तातोपानी बजार क्षेत्रको बस्ती संरक्षणको लागि रु. १४ लाख बजेट विनियोजन भएको छ । मसार बस्ती संरक्षणको लागि रु. १० लाख र तातोपानी बस्ती संरक्षणका लागि रु .४ लाख बजेट विनियोजन भएको हो ।

रुपाताल परियोजनाबाट समेत संरक्षणको काम गरिरहेको भएपनि विद्यालय, बस्ती लगायतमा कटानको जोखिम कायमै रहेकाले नगरपालिकाले समेत थप बजेट विनियोजन गरेको बराईलीले जानकारी दिनुभयो । गत असार १ गते राती म्याग्दी नदीमा आएको बाढीका कारण मसारका करिब एक दर्जन घरधुरी विस्थापित भएका थिए ।

बेनी नगरपालिका– ७ मा रहेको क्षत्री समाजको भवन पुननिर्माणको लागि रु. १० लाख विनियोजन भएको छ । त्यसैगरि अघिल्लो बैठकबाट प्रत्येक वडामा रु. ८ लाखको योजना सञ्चालन भएकोमा योजनालाई पूर्णता दिन थप रु. २ लाखका दरले बजेट विनियोजन गर्ने निर्णय भएको छ ।

त्यसैगरि नेपाल सरकारबाट सशर्त अनुदानका रुपमा प्राप्त भएको बाली विकास कार्यक्रमको लागि आएको रु २५ लाख ५० हजार बजेटलाई वडा नम्बर १, ४, ५, ६ र ९ मा सञ्चालन गर्ने निर्णय समेत भएको छ । बेनी नगरपालिका–७ स्थित बिरेन्द्र चोकमा रहेको पिपलको रुखका हाँगा काँटछाँट गर्ने क्रममा रुखबाट खसेर ज्यान गुमएका मजदुरलाई नगरपालिकाले श्रम ऐन अनुसार उपलब्ध गराएको रु. ७ लाख २५ हजारको आर्थिक सहायताको खर्चलाई अनुमोदन गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...