कलाकार कल्याणकारी कोष स्थापना

Gandaki Pardesh notice

बेनी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, म्याग्दी शाखाले कलाकार कल्याणकारी कोष स्थापना गरेको छ ।

प्रतिष्ठानको २१ औँ स्थापना दिवस तथा लोक दोहोरी दिवस २०७८ को अवसरमा रु. एक लाख पचास हजारको कोष स्थापना गरिएको हो । प्रतिष्ठानका सचिब पदम विश्वकर्माले कोषबाट अप्ठ्यारोमा परेका कलाकारहरुलाई सहयोग गरिने जानकारी दिनुभयोे ।

यसैगरी प्रतिष्ठानले आइतबार बेनी नगरपालिका ८ स्थित श्री कृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्रलाई मादल र खैजडी सहयोग गरेको छ । प्रतिष्ठानका संस्थापक केन्द्रिय सदस्य अग्रज लोक गायीका धनकुमारी थापा, सल्लाकार जिवन कुमार विश्वकर्मा र जिल्ला अध्यक्ष देवेन्द्र घिमिरेले केन्द्रका अध्यक्ष चन्द्र प्रसाद श्रेष्ठ र उपाध्यक्ष नैनकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको होे ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

जेष्ठ नागरिकहरुलाई भजनकृतन तथा सांगीतिक कार्यक्रम संचालनमा सहयोग पुगोस भनेर बाद्यवादनका सामग्री प्रदान गरिएको उहाँले बताउनुभयो । संस्थापक केन्द्रिय सदस्य थापाले रचनात्मक कार्य गरेकोमा प्रशंसा गर्नुभएको थियो ।

थापाले म्याग्दीका मौलिक लोक संस्कृतिको संरक्षणमा प्रतिष्ठानले विभिन्न कार्यहरु गर्नुपर्ने भन्दै त्यसका लागि आफुले सधै साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै सल्लाकार विश्वकर्माले जेष्ठ नागरिकहरु समाजको ज्ञाता भएकाले उहाँहरुको सम्मान तथा सेवा गर्नुपर्नेमा जोड दिनुभयो । संगीत मनोरञ्जन मात्रै होइन स्वास्थ्यका लागि पनि महत्वपूर्ण भएको विश्वकर्माको भनाई थियो ।

उहाँले जेष्ठ नागरिकहरुलाई संगीतका सामग्री प्रदान गरि पुण्य कार्य गरेको भन्दै आगामी दिनमा पनि यस्तै सामाजिक गतिविधिमा सक्रिय हुन प्रतिष्ठानलाई अनुरोध समेत गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य नकुल ढकाल, संगठन विभाग सदस्य अमित विश्वकर्मा, सेवा केन्द्रका उपाध्यक्ष श्रेष्ठ लगाएतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रतिष्ठान म्याग्दीका अध्यक्ष घिमिरेको अध्यक्षता, प्रथम उपाध्यक्ष ध्रुव जिसीको स्वागत र सचिव विश्वकर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...