प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई १९ पदक

Gandaki Pardesh notice

बेनी । पोखरामा भएको गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीका खेलाडीले १९ पदक जितेका छन् ।

फागुन २६ र २७ गते भएको प्रतियोगितामा म्याग्दीबाट सहभागी खेलाडीले ४ वटा स्वर्ण, ४ वटा रजत र ११ वटा कास्य पदक जितेका छन् । जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक कर्ण प्रधानका अनुसार ४६ केजी तौल समूहमा ईसा गर्बुजा, ७३ केजी तौल समूहमा ममता गर्बुजा, ७४ केजी तौल समुहमा कृपेश शर्मा र ४८ केजी तौल समूहमा दिपेश पुर्जाले स्वर्ण पदक दिलाउनुभएको छ ।

Bhautik ministry notice about road

यसैगरी ५३ केजी तौल समूहमा रश्मी श्रेष्ठ, ८७ केजी तौल समूहमा इकल रोका, ६८ केजी तौल समूहमा सुस्मीता दर्जि र ५८ केजी तौल समूहमा कनक प्रधानले रजत पदक जित्नुभयो । राजकुमार परियार, इलक रोका, भिजन घिमिरे, प्रमोद परियार सोयता शाक्य, सन्जीता गुरुङ, रन्जिता तामाङ, रोहित पटेल र आनन्द पाइजाले कास्य पदक दिलाउनुभयो ।

Shreekrishna hardwear in news

म्याग्दी तेक्वान्दो संघबाट २३ जना खेलाडी, २ जना सहायक र एक जना मुख्य प्रशिक्षक सहभागी हुनुभएको थियो । गण्डकी प्रदेश तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा म्याग्दी दोस्रो भयो । बिजेता खेलाडीहरुलाई अन्तराष्ट्रिय प्रतियोगिताको छनौट खेलमा सहभागी गराइने जनाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...