मुनामा निशूल्क आयुर्वेद स्वास्थ्य शिविर

Gandaki Pardesh notice

गोपाल आचार्य
मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा सम्पन्न निशूल्क आयुर्वेद स्वास्थ्य शिविरबाट २३५ जना लाभान्वित भएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा शनिबार शिविर सञ्चालन भएको थियो । एक दिने शिविरबाट २३५ जना ले सेवा लिएका केन्द्रका लेखापाल सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो ।

स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सम्बन्धी सेवा दिइएको उहाँले बताउनुभयो । केन्द्रका निमित्त कार्यालय प्रमुख दामोदर शर्मा, आयुर्वेद चिकित्सक सन्देश अधिकारी, बैद्य निरिक्षक प्रेम गौतम, मुना स्वास्थ्य चौकीका प्रमुख अनिषा आचार्य लगायतको टोलीले सेवा दिएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

मुना, मुदी, लुलाङ र ताकमका बासिन्दाले सेवा लिएका थिए । ग्यास्ट्रिक, गानोगोला, कब्जियत, बाथ, नसा च्यापिएको, युरिक एसिड, कमलपित्त, पिना, दम, रक्तचाप, चिनिरोग, स्त्रीरोग र नशा सम्बन्धी समस्या भएकाले सेवा लिएका थिए ।

दुर्गम, ग्रामिण क्षेत्रका सर्वसाधारणलाई स्थानीय स्तरमै सहज र सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउने तथा आयुर्वेद उपचारप्रति आकर्षण बढाउने उद्देश्यले शिविरको आयोजना गरिएको हो । धवलागिरी गाउँपालिकाको समन्वयमा आयोजित शिविरको वडा नम्बर ३ का अध्यक्ष पुर्म पुनले उद्घाटन गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...