धार्मिक महोत्सवको सातौ दिनसम्म करिव २८ लाख संकलन

Gandaki Pardesh notice

रत्नेचौर, । म्याग्दीको बेनी नगरपालिका–१ मा सञ्चालित ‘रत्नेचौर धार्मिक महोत्सव’ को सातौ दिनसम्म करिब २८ लाख रुपैयाँ सहयोग जुटेको छ ।

परम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरी मन्दिरमा फागुन २३ गतेदेखि शुरु भएको महोत्सवमा सातौ दिनसम्म रु. २७ लाख ९९ हजार १२५ संकलन भएको हो ।

आयोजक समितिका उपाध्यक्ष चिरञ्जिवी बोगटीले आइतबार ढालेन्द्रबहादुर बोगटीले रु. एकतिस हजार ५५५ सहयोग गर्नुभएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

छैटो दिन शनिबारसम्म रु. २४ लाख ९७ हजार ९३६ संकलन भएको थियो । प्रतिनिधीसभा सदस्य भुपेन्द्र थापाको प्रमुख आतिथ्यतामा भएको शनिबारको प्रवचनमा लालबहादुर न्यौपानेले रु. एक लाख एघार हजार १११ सहयोग गर्नुभएको थियो ।

लक्ष्मीहरी मन्दिरको २५ औं रजत जयन्ती तथा संस्थापकचार्य जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा आयोजित महोत्सव फागुन ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

रत्नेचौर क्षेत्रमा रहेको धार्मिक महत्वलाई उजागर तथा प्रचार प्रसार र लक्ष्मीहरी मन्दिरको चौतर्फि विकासका लागि महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको छ । हिमालय बाबाजीको तत्वावधानमा महोत्सव सञ्चालन भएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...