राज केसीको नेतृत्वमा रास्वपाको बेनी नगर समिति चयन

बेनी, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेनी नगर समितिको प्रथम नगर अधिवेशनबाट राज बहादुर केसी सभापतिमा निर्वाचित हुनुभएको छ । सभापति पदका लागि भएको निर्वाचनमा राजबहादुर केसी र सरोज कुमार बानियाँबीच प्रतिस्पर्धा भएको थियो । बेनी…

मुनामा भेटिएको शव गुर्जाका पूर्ण छन्त्यालको भएको पुष्टि

बेनी, डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि शनिबार भेटिएको छ । गत वैशाख ३ गते गुर्जाबाट हराएका छन्त्यालको शव धवलागिरी गाउँपालिका–३ मुनाको पार्वती आमा समूह…

लक्ष्य अघिनै सकिएका म्याग्दीका ११ वटा योजनाका निर्माण व्यवसायीलाई सम्मान

बेनी, ः गणतन्त्र दिवस –२०८३ का अवसरमा म्याग्दीमा विकास आयोजना समयमै सम्पन्न गर्ने ११ वटा निर्माण कम्पनी तथा व्यवसायीलाई शुक्रबार सम्मान गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको समन्वयमा पूर्वाधार विकास कार्यालयले सात र खानेपानी,…

गुर्जामा ग्रामिण पोषण सुरक्षण कार्यक्रम

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा ग्रामिण पोषण सुरक्षण कार्यक्रम सञ्चालन भएको छ । कृषि विकास कार्यालय म्याग्दीले ग्रामिण पोषण सुरक्षाका दृष्टिकोणले संवेदनशिल समुदायमा पोषकतत्वको उपभोग बढाउने तथा स्थानीय खाद्यबस्तु…

अन्नपूर्णको फेदीमा ७६ औ आरोहण दिवस

बेनी, ः म्याग्दीमा रहेको अन्नपूर्ण हिमालको फेदीमा रहेको नारच्याङमा आगामी हप्ता ७६ औ आरोहण दिवस मनाउने तयारी भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार…

बलात्कार मुद्दामा १० वर्ष कैद र पाँच लाख जरिवाना

बेनी, ः म्याग्दी जिल्ला अदालतले मालिका गाउँपालिका–२ का २४ वर्षीय रोशन पटेल भनिने (ज्ञानेन्द्र विक)लाई बलात्कार सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद र रु. पाँच लाख जरिवाना तिराउने फैसला गरेको छ । म्याग्दी जिल्ला अदालतका न्यायाधिश…

डम्मर पाण्डेको अध्यक्षतामा रघुगंगामा रास्वपा

बेनी, — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दी अन्तर्गत रघुगंगा गाउँपालिकाको प्रथम अधिवेशन बिहिबार मौवाफाँटमा सम्पन्न भएको छ ।अधिवेशनले डम्मरबहादुर पाण्डेको नेतृत्वमा सर्वसम्मत नयाँ पालिका समिति चयन गरेको छ । समितिको उपसभापतिमा…

कालिगण्डकीमा खसेर ६ वर्षीय बालक बेपत्ता

बेनी, — पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीस्थित कालिगण्डकी नदीमा खसेर एक बालक बेपत्ता भएका छन्। बुधबार दिउँसो करिब २ बजे मल्लाज जाने ‘९ सिढी’ उकालो बाटो नजिक कालिगण्डकी नदी किनारमा खेलिरहेका रुपन्देहीको रोहिणी गाउँपालिका–१ दुबौलियाका…

गलेश्वरमा जगद्गुरु शंकराचार्यको भव्य स्वागत

बेनी, — दक्षिण शृङ्गेरी शारदा पीठका आद्य जगद्गुरु शंकराचार्य परम्पराका उत्तराधिकारी परमपूज्य अनन्तश्री विभूषित श्रीश्री विद्युशेखर भारती महास्वामीजीले म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर धाममा विशेष पूजा–अर्चना तथा भक्तजनलाई…

दरवाङमा सम्पन्न स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविरबाट छ सय जना लाभान्वित

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा बुधबार सम्पन्न स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविरबाट छ सय जना भन्दा बढी लाभान्वित भएका छन् । ‘मातृत्व जोगाउने अभियान अन्र्तगत’ बिराट क्यान्सर अस्पताल र बिराट मेडिकल कलेजको सहयोगमा…