गुर्जामा ग्रामिण पोषण सुरक्षण कार्यक्रम

Gandaki Ghumau

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा ग्रामिण पोषण सुरक्षण कार्यक्रम सञ्चालन भएको छ ।

कृषि विकास कार्यालय म्याग्दीले ग्रामिण पोषण सुरक्षाका दृष्टिकोणले संवेदनशिल समुदायमा पोषकतत्वको उपभोग बढाउने तथा स्थानीय खाद्यबस्तु उत्पादनमा विविधिकरण गरी खाद्य तथा पोषण सुरक्षामा सुधार ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो ।

Gunasthariya Shiksya

गर्भवति, सुत्केरी र दुई वर्षसम्मका बालबालिकाको पोषण अवस्था सुधार गर्न सञ्चालन गरिएको कार्यक्रम मार्फत स्थानीय खाद्य उत्पादन विविधिकरण र आयआर्जनमा जोड दिइएको धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झक छन्त्यालले जानकारी दिनुभयो ।

Shreekrishna

उहाँका अनुसार कार्यक्रम मार्फत गुर्जाका ६३ घरपरिवारलाई कुखुराको चल्ला, दाना, पलास्टिक टनेल, बगैचा पाइप, स्प्रे लगायतका सामग्री वितरण गरिएको छ । सरकारको ९० प्रतिशत अनुदान र कृषकको १० प्रतिशत साझेदारीमा सामग्री वितरण गरिएको हो ।

म्याग्दीको सबैभन्दा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जामा अल्पसंख्यक छन्त्याल र दलित समुदायका दुई सय ६० घरपरिवारको बसोबास रहेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...