मुनामा भेटिएको शव गुर्जाका पूर्ण छन्त्यालको भएको पुष्टि

Gandaki Ghumau

बेनी, डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि शनिबार भेटिएको छ ।

गत वैशाख ३ गते गुर्जाबाट हराएका छन्त्यालको शव धवलागिरी गाउँपालिका–३ मुनाको पार्वती आमा समूह सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Gunasthariya Shiksya

प्रहरी नायव उपरीक्षक राजन कार्कीले सडेको अवस्थामा भेटिएको छन्त्यालको शवलाई उनले लगाएको कपडाको आधारमा घरपरिवारका सदस्यहरुले सनाखत गरेपछि उनिहरुको जिम्मा लगाइएको जानकारी दिनुभयो ।

Shreekrishna

धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले शव भेटिएको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सीना र ताकम प्रहरी चौकीको टोली घटनास्थल पुगेर अनुसन्धान र शव उठाई परिवारको जिम्मा लगाएको हो ।

छोरी तुलसी छन्त्याल र भतिजा बालसिङ छन्त्यालले शव सनाखत गरेर सदगद्का लागि गुर्जा लैजानुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...