राज केसीको नेतृत्वमा रास्वपाको बेनी नगर समिति चयन

Gandaki Ghumau

बेनी, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेनी नगर समितिको प्रथम नगर अधिवेशनबाट राज बहादुर केसी सभापतिमा निर्वाचित हुनुभएको छ ।

सभापति पदका लागि भएको निर्वाचनमा राजबहादुर केसी र सरोज कुमार बानियाँबीच प्रतिस्पर्धा भएको थियो । बेनी नगरपालिकाका १० वटै वडाबाट प्रतिनिधित्व गरेका १६१ जना प्रतिनिधिमध्ये ११२ जनाले मतदान गरेका थिए ।

Gunasthariya Shiksya

निर्वाचन परिणामअनुसार केसीले ९९ मत प्राप्त गरी विजयी हुनुभयो भने बानियाँले १२ मत प्राप्त गर्नुभयो । एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनबाट यादव सुवेदी उपसभापति, कासीराम घिमिरे सचिव, जमुना घर्ती क्षेत्री सह–सचिव तथा गणेश शर्मा कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

Shreekrishna

त्यसैगरी कमला दर्जी, सुबास थापा, मनकुमारी थापा लगायत सदस्यहरू पनि निर्वाचित भएका छन् । अधिवेशनको रास्वपाका नेता तथा प्रतिनिधीसभा सदस्य केपी खनालले उद्घाटन गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...