
बेनी, ः म्याग्दी जिल्ला अदालतले मालिका गाउँपालिका–२ का २४ वर्षीय रोशन पटेल भनिने (ज्ञानेन्द्र विक)लाई बलात्कार सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद र रु. पाँच लाख जरिवाना तिराउने फैसला गरेको छ ।

म्याग्दी जिल्ला अदालतका न्यायाधिश सूर्यबहादुर थापाको यही जेठ १२ गतेको इजलासले विकलाई दोषी ठहर गर्दै कैद, जरिवानाका साथै पिडितलाई रु. ३० हजार पीडित रात कोषमा क्षतिपूर्ति जम्मा गराउने फैसला गर्नुभएको अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले बताउनुभयो ।
विकले वि.स. २०८० चैत ८ गते बालिकालाई बलात्कार गरेको भनेर वि.स. २०८१ साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । उजुरीको आधारमा प्रहरीले विकलाई सोही दिन पक्राउ गरि भोलीपल्ट दरवाङ आधारभूत अस्पतालमा स्वास्थ्य परिक्षण गराएको थियो ।
प्रहरीले अनुसन्धान गरेपछि वि.स. २०८१ भदौ २४ गते जवरजस्ती करणी शिर्षकमा जिल्ला अदालत म्याग्दीमा जिल्ला सरकारी वकिल कार्यालयले अभियोजन दर्ता गरेको थियो ।

