समाचारको विधा

स्थानीय

प्रतिकुल मौसमका कारण धौलागिरि हिमाल आरोहण टोली फर्कियो

बेनी ः म्याग्दीमा रहेको संसारको सातौ (आठ हजार १६७) मिटर अग्लो धौलागिरि हिमालमा आएका पर्वतारोहीहरु फर्किएका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्ने धौलागिरि हिमाल आरोहणका लागि आधार शिविर क्षेत्रमा पुगेका पर्वतारोहीहरुको…

बेनीमा ब्यवसायी सचेतना कार्यक्रम सम्पन्न

बेनी, ः म्याग्दी उद्योग वाणिज्य संघले बेनी बजार क्षेत्रका उद्योगी–व्यवसायीलाई लक्षित गरेर सञ्चालन गरेको व्यावसायी सचेतना कार्यक्रम बिहिबार सम्पन्न भएको छ । बेनी नगरपालिका ८ को कार्यालयको सहयोगमा चार दिनसम्म बेनी नगरपालिकाको ७ र ८ नम्बर…

२४ औ जेसीजकप फुटबल मंसिरमा, असोज १८ गते हुने दौड प्रतियोगिताको तयारी तिब्र

बेनी, ः आगामी मंसिर १४ देखि १९ गतेसम्म बेनीमा सञ्चालन हुने अन्तर माध्यमिक विद्यालय स्तरीय २४ औ जेसिजकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । विगत २४ वर्षदेखि निरन्तर सञ्चालन हुदै आएको जेसिजकप फुटबल प्रतियोगिता विद्यालय तहका खेल…

राहुघाटले परिक्षण उत्पादन थाल्यो

सन्तोष गौतमबेनी, म्याग्दीको रघुगंङ्गा गाउँपालिकामा निर्माण भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाले मंगलबारदेखि परिक्षण उत्पादन थालेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा…

मौवाफाँटको दसमुरे भिरबाट लडेर चिमखोलाका युवाको मृत्यु

म्याग्दी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ दशमुरे भिरमा गएराती अरिङ्गाल शिकार गर्न गएका एक युवाको लडेर मृत्यु भएको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका लबकुश पाइजाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।…

बालविकास सहजकर्ता रामकुमारी पुनको सरुवा कानुन र शिक्षा समितिको सिफारिसका आधारमा भएको मालिकाको दाबी

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाले वडा नं। ४ स्थित महभिर आधारभूत विद्यालयमा कार्यरत बालविकास सहजकर्ता रामकुमारी पुनको सरुवा प्रचलित कानुन र निर्धारित प्रक्रियाअनुसार भएको दाबी गरेको छ। डेढ वर्षअघि निस्कोट माविबाट महभिरमा सरुवा…

कालीगण्डकी ‘गर्ज’को चौथो अडिट सुरुङ खन्न शुरु, मुख्य सुरुङ निर्माण गरिँदै

घराप, ः एक सय ८० मेगावाट क्षमताको कालिगण्डकी ‘गर्ज’ जलविद्युत आयोजनाको चौथो नम्बरको ‘अडिट’ सुरुङ निर्माण थालिएको छ । कालिगण्डकी गर्ज हाइड्रोपावर प्रा.लि. प्रर्वद्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घराप स्थित…

बेनीमा व्यवसायी सचेतना कार्यक्रम सुरु

म्याग्दी, । म्याग्दी उद्योग वाणिज्य संघले बजारमा व्यवसाय सञ्चालनसम्बन्धी कानुनी तथा व्यावसायिक मापदण्डको पालना बढाउन बेनीमा व्यवसायी सचेतना कार्यक्रम सुरु गरेको छ । संघले आइतबारदेखि बेनी बजारका विभिन्न क्षेत्रमा व्यवसायी तथा उद्योगीलाई…

दरवाङ–मुना–ढोरपाटन सडक निर्माण ठप्प हुँदा धवलागिरी बासीलाई सास्ती

सन्तोष गौतम÷म्याग्दी, ः म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना– ढोरपाटन सडक योजनाको ठेक्का सम्झौताको १४ महिनाको अवधीमा जम्मा २५ प्रतिशत भौतिक प्रगति भएको छ । २७ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित वि.स. २०८२ असार ११ गते सम्झौता भएको…

आरोहण टोली धौलागिरि आधार शिविरमा पुग्न थाले

म्याग्दी ः चालु शरदयाममा विश्वको सातौ (आठ हजार एक सय ६७ मिटर) अग्लो धौलागिरि हिमाल आरोहण टोली आधार शिविर पुग्न थालेका छन् । धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ को भूगोलमा पर्छ । ‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ…