आरोहण टोली धौलागिरि आधार शिविरमा पुग्न थाले

Gandaki Ghumau

म्याग्दी ः चालु शरदयाममा विश्वको सातौ (आठ हजार एक सय ६७ मिटर) अग्लो धौलागिरि हिमाल आरोहण टोली आधार शिविर पुग्न थालेका छन् ।

धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ को भूगोलमा पर्छ । ‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनी मार्फत आरोहणका लागि आएका पर्वतारोहीहरुको टोली आधार शिविर पुगेका हुन् । आरोहण टोलीको समन्वय गर्नुभएका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनले शनिबारसम्म ३० जना विदेशी पर्वतारोही टोली आधार शिविर पुगेका जानकारी दिनुभयो ।

“आरोहण टोली हेलिकप्टरबाट सिधै आधार शिविरमा पुगेर शनिबार धार्मिक बिधी अनुसार पुजाआजा गरि तयारी थालेका छन,” उहाँले भन्नुभयो “म्याग्दीको बगर गाउँतर्फबाट आधार शिविर जाने चक्रीय धौलागिरि पदमार्गमा बाढी पहिरोले क्षति पु¥याएकाले पर्वतरोहरण टोलीले मार्फातर्फको पदमार्ग र हेलिकप्टर प्रयोग गरेका हुन् ।”

Shreekrishna

विपद् नहोस्, दुर्घटनाको सामना गर्नु नपरी आरोहण अभियान सफताको कामना गर्दै आधार शिविरमा शेर्पाहरुले धार्मिक बिधी अनुसार पुजाआजा गर्ने चलन छ । आधार शिविर पुगेर फर्किएका शेरचनका अनुसार बन्दोबस्तीका सामान ढुवानीका लागि खच्चड र हेलिकप्टरको प्रयोग गरेका छन् ।

Gunasthariya Shiksya

थप टोली पनि आधार शिविर जाने तयारीमा रहेको शेरचनले बताउनुभयो । आधार शिविरमा केही दिन अनुकुल मौसमको प्रतिक्षा र तयारी गरेपछि पर्वतारोहीहरुको टोली ‘रोप फिक्सीङ’ र शिविर सार्दै चुचुरोतर्फ लाग्नेछन् ।

शेर्पाहरुको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनिहरुको सहयोगमा आरोहीहरु चुचुरोमा पुग्ने गर्छन् । आरोहण टोलीहरु पुग्न थालेपछि आधार शिविरमा चहलपहल शुरु भएको छ ।

चालु बसन्तयाममा धौलागिरि आरोहणका लागि पर्यटन विभागबाट शुक्रबार सम्म चार वटा समूहका १० जना महिला सहित ३४ जनाले अनुमति लिएका छन् । उनिहरुबाट रु. ७७ लाख ८२ हजार चार सय ५० सलामी दस्तुर (आरोहण) शूल्क प्राप्त भएको विभागका शाखा अधिकृत सुधा रेग्मीद्धारा जारी सूचनामा उल्लेख छ ।

गत बसन्तयाममा तीन वटा समूहका १२ महिला र १६ पुरुष र २०८२ को शरदयाममा ३६ जनाले धौलागिरि आरोहणका लागि अनुमति लिएका विभागको अभिलेखमा छ । छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौति हो । अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ ।

सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलो पटक धौलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो । डिम्बर्गर सहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलो पटक धौलागिरिको चुचुरोमा पुग्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...