बेनीमा ब्यवसायी सचेतना कार्यक्रम सम्पन्न

Gandaki Ghumau

बेनी, ः म्याग्दी उद्योग वाणिज्य संघले बेनी बजार क्षेत्रका उद्योगी–व्यवसायीलाई लक्षित गरेर सञ्चालन गरेको व्यावसायी सचेतना कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

बेनी नगरपालिका ८ को कार्यालयको सहयोगमा चार दिनसम्म बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने बेनी बजारमा सचेतना तथा कानुनी मापदण्डबारे सुसूचित गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको थियो ।

संघका पदाधीकारीहरुले बनीका उद्योगी–व्यवसायीसँग प्रत्यक्ष भेटघाट गरी सचेतनामूलक पर्चा वितरणका साथै अभिमुखीकरण गरेका थिए । वडा नम्बर ७ मा संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य र वडा नम्बर ८ मा प्रथम उपाध्यक्ष लिलाराम गौतमको नेतृत्वमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको टोली व्यवसायीको घरदैलोमा खटिएका थिए ।

Shreekrishna

स्थानीयस्तरमा व्यावसायिक अनुशासन कायम गर्न तथा उपभोक्ता अधिकार संरक्षणका लागि असोज ५ देखि ८ गतेसम्म विषयगत अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिएको म्याग्दी उद्योग वाणिज्य संघका सचिव मोतिलाल पौडेलले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

संघका पूर्वअध्यक्ष तथा बेनी नगरपालिका ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, वरिष्ठ सल्लाहकारहरू सुदर्शनकुमार श्रेष्ठ र जीवनबहादुर विश्वकर्मा तथा निवर्तमान अध्यक्ष बेलबहादुर कटुवाल लगायतको उपस्थितिमा कार्यक्रम समापन गरिएको थियो ।

अभियानका क्रममा संघले सम्पूर्ण उद्योगी–व्यवसायीलाई व्यापारस्थलमा सबैले देख्ने गरी मूल्यसूची राख्न, नियमित रूपमा बिल–बिजक जारी गर्न, खरिद–बिक्री खाता अद्यावधिक राख्न तथा व्यवसाय दर्ता प्रमाणपत्र र प्यान नम्बर स्पष्ट देखिने गरी राख्न आग्रह गरेको छ ।

यसैगरी, म्याद गुज्रिएका वा सडेगलेका सामान बिक्रीमा नराख्न, नापतौलका लागि इजाजतप्राप्त विद्युतीय तराजु मात्र प्रयोग गर्न तथा अन्तःशुल्क दर्ता नगरी मदिरा तथा सुर्तीजन्य पदार्थको कारोबार नगर्न समेत संघले आग्रह गरेको छ ।

होटल, रेस्टुरेन्ट तथा खानाका परिकार बिक्री गर्ने व्यवसायीलाई सरसफाइमा विशेष ध्यान दिन, सुरक्षित खाद्य वस्तु मात्र प्रयोग गर्न र कामदारको नियमित स्वास्थ्य परीक्षण गराउन अनुरोध गरिएको संघका सदस्य कृष्ण खत्रीले बताउनुभयो । साथै, औषधि विक्रेताले चिकित्सकको पुर्जी अनिवार्य हेरेर मात्र औषधि बिक्री गर्नुपर्ने तथा मासु व्यवसायीले स्वच्छ मासु मात्र बिक्री गर्नुपर्ने संघको अनुरोधपत्रमा उल्लेख छ ।

संघको सदस्यता असार मसान्तभित्र नवीकरण गर्न, हरेक वर्षको असोज महिनाभित्र प्यान नम्बरको आयकर बुझाउन तथा साउन महिनाभित्र मदिरा तथा सुर्तीजन्य वस्तुको अन्तःशुल्क नवीकरण गरी संघको सचिवालयमार्फत भुक्तानी गर्न आग्रह गरिएको छ । व्यवसायीलाई कानुनी दायराभित्र रहेर व्यवसाय सञ्चालन गर्नसमेत संघले अनुरोध गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...