दरवाङ–मुना–ढोरपाटन सडक निर्माण ठप्प हुँदा धवलागिरी बासीलाई सास्ती

Gandaki Ghumau

सन्तोष गौतम÷
म्याग्दी, ः म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना– ढोरपाटन सडक योजनाको ठेक्का सम्झौताको १४ महिनाको अवधीमा जम्मा २५ प्रतिशत भौतिक प्रगति भएको छ ।

२७ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित वि.स. २०८२ असार ११ गते सम्झौता भएको आयोजनाको बाँकी १३ महिनाको अवधिमा थप ७५ प्रतिशत काम सम्पन्न गर्न चुनौति देखिएको छ ।

प्रशासनीक खर्च बाहेक रु. ६७ करोड लागत अनुमान गरिएको योजना कार्यान्वयनका लागि रु. ५२ करोड ८० लाख ५३ हजार कबोलेको सिम्रन÷सक्षम जेभीसँग ठेक्का सम्झौता भएको थियो । हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय, म्याग्दीले जनाएको छ । पेश्की सहित रु. २७ करोड १० लाख सात हजार मात्र खर्च भएको छ ।

Shreekrishna

मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि धवलागिरीको केन्द्र मुना जोड्ने सडकलाई कालोपत्र र ढलान गरेर स्तरोन्नति गर्न गण्डकी प्रदेश र संघीय सरकारको साझेदारीमा सञ्चालित योजना निर्माण कार्य पछिल्लो समय ठप्प बनेको धवलागिरीका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

“गत कात्तिक देखि फागुनसम्म तिब्रताका साथ निर्माण भएको योजना चैत देखि सुस्ताउदै असारयता ठप्प बनेको छ,” उहाँले भन्नुभयो “ठेकेदार सम्पर्क बिहिन हुँदा स्तरोन्नतिका क्रममा रहेको सडकमा खसेको पहिरो पन्छाउने तथा जोखिमयुक्त ठाउँमा मर्मत गरि नियमित यातायात सञ्चालनमा पनि समस्या भएको छ ।”

गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मका मध्ये सबैभन्दा ठूलो र धेरै बजेटको यस योजना मार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रबिधिको कालोपत्र र ढलान गर्ने लक्ष्य छ ।

धवलागिरी गाउँपालिका–७ धारापानीका माधव गिरीले निर्माण ब्यवसायीले अपेक्षित गतिमा काम नगरेका कारण कच्चि सडकमा असहज रुपमा यात्रा गर्नुपरेको गुनासो गर्नुभयो । सवारी चालक गणेश थापाले फराकिलो बनाउनका लागि हिउँदमा भत्काएको र अधुरो अवस्थामा रहेको सडकमा हिलोमा गाडी फस्ने समस्याका साथै गाडी चलाउन दुःख भएको गुनासो गर्नुभयो । निर्माणाधिन सडकमा जमेको हिलोमा सवारी साधनका पाङग्रा फसेर निकाल्न गाहे भएको उहाँको भनाई छ । सडकको जिर्ण अवस्थाका कारण दुर्घटनाको जोखिम बढेको धारापानीका गिरीले बताउनुभयो ।

Gunasthariya Shiksya

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाका अनुसार संघीय र प्रदेश सरकारको (समपुुरक) ५०÷५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेकेदारले काम नगर्दा आर्थिक वर्ष २०८२÷०८३ मा रु. २३ करोड २२ लाख बिनियोजन भएकोमा जम्मा रु. पाँच करोड ४२ लाख १४ हजार खर्च भएको छ ।

अनुसार इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिको कारण देखाएर ठेकेदारले गत आर्थिक वर्षमा अपेक्षित गतिमा काम नगर्दा बजेट खर्च हुन नसकेको सिनियर डिभिजनल इञ्जिनियर बानियाले बताउनुभयो । संघीय र प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ मा रु. २४ बजेट विनियोजन गरेको यस योजनाका लागि चाालु आर्थिक वर्ष २०८३÷०८४ मा रु. १२ करोड ७८ लाख बिनियोजन भएको छ ।

आगामी आर्थिक वर्षसम्म योजना निर्माण पुरा नभएमा संघीय सरकारले बजेट नपठाउने र प्रदेश सरकारलाई ब्यभार थपिने जोखिम बढेको छ । सम्झौता अनुसार यस आयोजनाको लागि थप रु. २५ करोड ५४ लाख दायित्व सिर्जना भएको छ ।

यमध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको बैकल्पिक मानिएको यो सडकको मुना हुँदै मरेनीबाट जलजला– ढोरपाटन हुदै पुर्वी रुकुमको तकसेरा जोड्ने सडकको गत वर्षको फागुनमा खुलेको थियो । बेनी देखि तालावाङ सम्म १८ किलोमिटर कालोपत्र भएको छ । वि.स. २०७१ मा मुनामा सडक पुगेको थियो ।

पूर्वाधार विकास कार्यालयबाट ठेक्का लगाउनु अघि कच्चि अवस्थामा रहेको सडक गाउँपालिकाले मर्मत गरेर यातायात सञ्चालनको ब्यवस्था मिलाएको थियो । प्रदेश सरकारले ठेक्का लगाएको आयोजनामा गाउँपालिकाले खर्च गर्न नमिल्ने भएकाले अवरुद्ध हुँदा सडक खुलाउन र मर्मतको काममा नीतिगत रुपमा समस्या भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

म्याग्दीको मंगला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ५० किलोमिटर छोटो पर्छ । धवलागिरी गाउँपालिकाले शुक्रबार म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य समेत रहनुभएका संघीय सरकारका विज्ञान, प्रबिधी तथा नवप्रर्वत मन्त्री महाविर पुनलाई पत्राचार गरेर ठेकेदारलाई काममा फर्काउने वातावरण बनाइदिन सहयोग मागेको छ । मन्त्री पुनले निर्माण ब्यवसायीलाई फोन गरेर ताकेता गरेको बताउनुभयो ।

म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले रणनीतिक महत्वको सडक निर्माणलाई गत दिन प्रदेश सरकारको ध्यानाकर्षण, निर्माण ब्यवसायीलाई दवाव र सहजिकरण गरिएको बताउनुभयो । जुग्जालीले गण्डकी प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा विसं २०८० माघमा यो सडकलाई सङ्घीय समपूरक योजनामा समावेश गराउने निर्णय गराउनुभएको थियो । बर्खा लगत्तै ठेकेदारलाई काममा फर्काउने र निर्माणलाई गति दिन समन्वय गरिएको प्रदेश सांसद जुग्जालीले बताउनुभयो ।

उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको छ किलोमिटर दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि आर्थिक वर्ष २०८०÷०८१ देखि सञ्चालित योजना गत असारमा सम्पन्न भएको छ । धारापानी–झिनडाडा खण्डको सडकमा पहिरोले क्षति पु¥याएको ठाउँमा मर्मत अवधी बाँकी रहेकाले सम्बद्ध निर्माण ब्यवसायीलाई पत्राचार गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...