समाचारको विधा

मुख्य खबर

दुखखोलाको सडक पुलमा आवत जावत बन्द

बेनी, । म्याग्दीको मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोलाको सडक पुलमा आवत जावत बन्द गरिएको छ । दुखुखोलामा आएको बाढीले कटान गरेर पुल, पिल्लर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावीयन पर्खाल बगाएर जोखिम बनाएको छ ।

बेनी–जोमसोम सडक तीन दिनपछि सञ्चालन

बेनी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक तीन दिनपछि सञ्चालन भएको छ । मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार पहिरो खसेपछि ७६ किलोमिटर दुरिको बेनी–जोमसोम सडकको काभ्रे–घाँसा खण्ड अवरुद्ध बनेको थियो ।

बाढीको सूचना दिने हेरालु परिचालन

बेनी। म्याग्दीका प्रमुख नदीहरुमा बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु परिचालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार स्थानीय तहहरुले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा बर्खामा आउने बाढीको बारेमा सूचना प्रवाह गर्ने

पर्वतमा कालीगण्डकीबाट बालुवा चोर्न प्रयोग भएका डोजर सिल

बेनी । सर्वोच्च अदालतको परमादेश र कानुनी व्यवस्था विपरित पर्वत स्थित कालीगण्डकी नदीबाट बालुवा चोरी गर्न प्रयोग भएका उपकरणलाई मंगलबार अनुगमन समितिको टोलीले सिल गरेको छ । नेपाल सरकारले असार, साउन र भदौ महिनामा नदीजन्य वस्तु उत्खनन् गर्न

रुमको तामिङ पहिरोमा एकै परिवारका पाँचको मृत्यु

बेनी, म्याग्दीको मालिका गाउँपालिका–२ रुम तामिङमा मंगलबार बिहान पहिरो जाँदा एउटा परिवारका सबै सदस्यले ज्यान गुमाएका छन् । तामिङका ३७ वर्षीय घामबहादुर बिकका श्रीमति, दुई छोरा र एक छोरीको पहिरोमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय

रुमको तामिङमा पहिरोले घर बगाउँदा दुईको मृत्य, तीन जना वेपत्ता

म्याग्दी, म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा मंगलबार बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु र तीन जना वेपत्ता भएका छन् ।घामबहादुर बिक र गोठे बिकको घर पहिरोले पुरिएको हो । घटनास्थलमा रहनुभएका निवर्तमान वडा सदस्य समबहादुर बिकका

दुखखोलाको सडक पुल जोखिममा

बेनी, म्याग्दीको मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोलाको सडक पुल जोखिममा परेको छ । दुखुखोलामा आएको बाढीले सोमबार दिउँसो पुल, पिल्लर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावीयन पर्खाल बगाएपछि बेनी–दरवाङ सडक अन्तरगत

बेनी जोमसोम सडकको काभ्रेभिरमा पहिरो खस्यो

बेनी। हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । भिरबाट पहिरो खसेर सडक पुरिएको

कोरोना संक्रमित देखिन थालेपछि सतर्कता अपनाउन प्रशासनको आग्रह

बेनी, । म्याग्दीमा कोरोना भाइरसका संक्रमित भेटिन थालेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबारको बैठकले गरेको निर्णय अनुसार प्रशासनले ८ बुदे आदेश जारी गर्दै जनस्वास्थ्यका मापदण्ड पालना

यातायात सेवा प्रभावित

बेनी, । म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । जिल्ला सदरमुकाम बेनी देखि अन्तरजिल्ला र पालिकाहरु जोड्ने सडक अवरुद्ध हुँदा जनजिवन प्रभावित भएको छ । बर्षातका कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा बेनीदेखि लामो तथा छोटो दुरिमा चल्ने यातायात