कालीगण्डकीको शिला लैजान अयोध्याको टोली म्याग्दीमा

Add Samajik bikash office

म्याग्दी । विश्वमै दुर्लभ शालग्राम पाइने कालीगण्डकी नदीको शिला लैजानका लागि हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्याबाट एक टोली म्याग्दीमा आएको छ ।

भारतको अयोध्यामा निर्माण हुन लागेको रामलला मन्दिरमा मुर्ति बनाएर राख्नका लागि नेपाल सरकारले उपहार स्वरुप उपलब्ध गराउने कालीगण्डकीको शिला लैजानका लागि महन्थहरुको टोली शनिबार बेनीमा आएको हो ।

टोलीसँगै म्याग्दीमा आउनुभएका पुर्वगृहमन्त्री समेत रहनुभएका प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले सरकारी तवरमा विभिन्न चरण र प्रक्रीया पुरा गरेर कालीगण्डकीको शिला उपलब्ध गराउन लागिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

“शिला लैजानका लागि अयोध्यायका पिठाधिश राजेन्द्रसिंह पंकज, जनकपुरको जानकी मन्दिरका पिठाधिस राम तपश्वेर दास सहितको टोली आएका छौ,” उहाँले भन्नुभयो “आइतबार बिहान क्षमा पुजा गरेपछि बगरबाट शिला उठाउने काम हुन्छ ।”

भारत सरकारको प्रस्ताव र नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार अयोध्यामा पठाउने शिलाको पहिचान र नापजाँच भइसकेको छ । बेनी नगरपालिकाको वडा नम्बर ६ ठुलोपहिरो स्थित कालीगण्डकी किनारमा रहेको १८ टनको ‘क्वार्जराइट’ र १६ टनको ‘क्यासाइट’ शिला अयोध्या पठाउन लागिएको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

Bhautik ministry notice about road

“विज्ञ सहितको टोलीले कालीगण्डकी नदीबाट पवित्र बनेका सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई थान शिला ढुवानीका लागि प्रदेश सरकारले क्रेन र टिप्पर भाडामा लिन ठेक्का आव्हान गरेको छ,” उहाँले भन्नुभयो “क्रेन र टिप्पर आयो भने हामीले भब्य रुपमा धार्मिक बिधि अनुसार शिलाको बिदाई गर्ने तयारी गरेका छौ ।”

शिला पहिचान र नापजाँच टोलीमा सहभागि पश्चिमाञ्चल इञ्जिनियरीङ क्याम्पस पोखराका उपप्राध्यापक नवराज न्यौपानले जैविक र वातावरणीय असर नपुग्ने गरि नदी किनारबाट क्रेनले शिला उठाएर टिप्परमा राखिने बताउनुभयो ।

बेनी नगरपालिका, गण्डकी प्रदेश सरकारले जनकपुरमा लगेर मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने र त्यहाँबाट नेपाल सरकारले भारत सहकारलाई हस्तान्तरण गरेपछि अयोध्या पठाइने प्रतिनिधिसभा सदस्य निधिले बताउनुभयो ।

धार्मिक हिसाबले महत्वपूर्ण भएकाले कालीगण्डकीको शिला अयोध्या लैजान लागिएको हो । शालग्राम पाइने कृष्णागण्डकीको किनारमा रहेकाले देवशिला भनिएको छ । हिन्दु धर्मावलम्बीहरुले भगवान बिष्णुको रुपमा पुजा गर्ने शालग्राम शिला कालीगण्डकी नदीमा मात्र पाईन्छ । कालीगण्डकीको शिला अयोध्यामा पु–याउँदा यहाँको धार्मिक र सांस्कृतिक पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने कृष्णागण्डकी नदीका अध्येता कुलराज चालिसेले बताउनुभयो ।

भारतको राम जन्मभूमि तीर्थक्षेत्र कार्यालयले कालीगण्डकीको शिला पठाउन जानकी मन्दिरलाई गत कात्तिक १९ मा पत्राचार गरेको थियो । संस्कृति तथा पर्यटन मन्त्रालयले जनकपुरधाम र अयोध्याधामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै नेपालको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भन्दै दुई थान शिला उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।

मन्त्रिपरिषद् र गण्डकी प्रदेश सरकारको सहमतिपछि कालीगण्डकीमा शिला खोज, अध्ययन र नापजाँचको प्रक्रीया पुरा भएको हो । अयोध्यालाई हिन्दु धर्मावलम्बीहरुको राजधानीका रुपमा चिन्ने गरिन्छ । शालग्राम पाइने भएकाले कालीगण्डकीलाई पवित्र नदी मानिन्छ ।

कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता भएकाले यस क्षेत्रको शिला धार्मिक हिसाबले महत्वपूर्ण हुने गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...