हिस्तान घराम्दीमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन

Add Samajik bikash office

बेनी, ३ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ को घराम्दीमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले इकाई सञ्चालन गरेको हो । अन्नपूर्ण गाउँपालिका–७ को वडा स्तरको स्वास्थ्य चौकी औला गाउँमा छ । घराम्दीको छिमेकी टिकटमा रहेको स्वास्थ्य इकाईमा पुग्न एक घण्टा ३० मिनेट भन्दा बढी पैदलयात्रा गर्नुपर्छ ।

वडा स्तरको स्वास्थ्य चौकी र छिमेकी गाउँको इकाईमा पुगेर सेवा लिन अपायक हुँदा समस्या भोग्दै आएका घराम्दीका बासिन्दालाई लक्षित गरेर स्थापना गरिएको इकाईबाट सोमबारदेखि सेवा सञ्चालन गरिएको वडा अध्यक्ष माइलन पुर्जा पुनले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“सामान्य बिरामी हुँदा पनि घण्टौ हिडेर स्वास्थ्य संस्था पुग्नुपर्ने समस्याको अन्त्य गर्न घराम्दीमा इकाई सञ्चालन गरेका हौ,” उहाँले भन्नुभयो “एक जना अहेवले गाउँमै बसेर सेवा दिने व्यवस्था मिलाएका छौ ।”

इकाईमा स्वास्थ्य परिक्षण, परामर्श, निशूल्क औषधी वितरण, खोप लगायत स्वास्थ्य चौकीबाट प्रवाह हुने अधिकांश सुविधा उपलब्ध हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले बताउनुभयो । करिब ७० घरधुरीको बसोबास रहेको घराम्दीमा ३५० जनसंख्याको बसोबास छ ।

छरिएको भूगोल भएको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ को घराम्दी दोस्रो ठूलो वस्ती हो । घराम्दीका बासिन्दा तिर्थ फगामीले सामुदायिक स्वास्थ्य इकाई सञ्चालन भएपछि जेष्ठ नागरिक र बालबालिकाहरुलाई धेरै राहत मिलेको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको पाउद्धार, खिवाङ, घोडेपानी, टिकोटमा यसअघिनै सामुदायिक स्वास्थ्य इकाई सञ्चालन भएको थियो । भौगोलिक रुपमा विकट र दुर्गमका साथै वडा स्तरको स्वास्थ्य संस्थामा पुग्न घण्टौ लाग्ने बस्तीका बासिन्दालाई सामुदायिक स्वास्थ्य इकाईबाट सेवा लिन सहज भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...