आलु खेतीको प्रर्वद्धनमा लाग्यो जलजला गाउँपालिका

Gandaki Pardesh notice

शालिजा। पर्वतको जलजला गाउँपालिका–६ शालिजामा आलु विउ विकास कार्यक्रम शुरु भएको छ । जलजला गाउँपालिकाले राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर प्रगतिशिल ताजा तरकारी तथा विउ उत्पादक कृषक समूह मार्फत कार्यक्रम शुरु गरेको हो ।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले आलुको गुणस्तरीय विउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो विउ विस्थापित र विउ आलुमा आत्मनिर्भर बनाउन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“जलजलाको धेरै भूगोलमा आलु खेती भएपनि बर्षौदेखि एउटै विउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकिराको समस्या देखियो,” उहाँले भन्नुभयो “गुणस्तरीय विउ उत्पादन गरेर आलु उत्पादन र गुणस्तर सुधार गर्ने उद्देश्यले राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पुर्व मुल विउ भित्र्याइएको छ ।”

Shreekrishna hardwear in news

गाउँपालिकाका कृषि अधिकृत राजुप्रसाद गौतमले नौ रोपनी क्षेत्रफलमा खुमल सेतो १, खुमल उज्वल, जनकदेव, खुमल रातो र कार्डनल जातको आलुको ५३ हजार २०० दाना रोपिएको जानकारी दिनुभयो । अहिले लगाएको विउ पाँच पुस्तापछि खायन (खानका लागि विउ रोप्न) योग्य हुन्छ ।

Bhautik ministry notice about road

विउ आलुमा आत्मनिर्भर कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. दश लाख बिनियोजन गरेको छ । चिहानकाटे, लाम्पाटा र रात्माटामा ८८ बोरा दोस्रो पुस्ताको विउ आलु रोपिएको छ । दोस्रो पुस्ताको विउ आलु कृषकलाई पचास प्रतिशत अनुदानमा वितरण गरिएको हो । कृषकहरुलाई लगाउने ज्याला उपलब्ध गराउने र प्रतिकिलो रु. २५ देखि ३० का दरले खरिद गर्ने सम्झौता भएको छ ।

अहिले लगाएको पुर्व विउ आलु उत्पादन भएपछि कृषकहरुबाट गाउँपालिकाले खरिद गरेर चिस्यानगृहमा राख्ने र पहिलो पुस्ताको विउ उत्पादन गर्न कृषकहरुलाई उपलब्ध गराउने जनाएको छ । पुर्व विउ आलु रोप्न शनिबार गाउँपालिकाका अध्यक्ष आचार्य, कार्यपालिकाको कृषि संयोजक हरिविकास जिसीले कृषकहरुसँगै श्रमदान गर्नुभएको थियो ।

राष्ट्रिय आलु विकास कार्यक्रमका प्राविधिक रमेश खतिवडाले भाइरस र रोगमुक्त पुर्व विउ आलु रोपिएको बताउनुभयो । “पुर्व विउ आलु पाँच सय दाना बराबर ७५ केजी उत्पादन हुन्छ,” उहाँले भन्नुभयो “कृषकले बजारबाट खरिद गरेको विउको गुणस्तर राम्रो नहुँदा रोग भित्रिएको, उत्पादन र गुणस्तर घटेको हो ।”

आलु विउ उत्पादनमा चासो देखाउने देशका सिमित स्थानिय तह मध्यमा जलजला रहेको प्राविधिक खतिवडाले बताउनुभयो । प्रगतिशिल कृषक समूहका अध्यक्ष बाबुराम रेग्मीले धेरै वर्षदेखि एउटै विउ लगाउँदा उत्पादन र गुणस्तर घटेपछि आफै विउ उत्पादन गर्न गाउँपालिकासँग साझेदारी गरिएको बताउनुभयो ।

उत्पादन भएको सबै विउ गाउँपालिकाले खरिद गरिदिने सम्झौता भएकोले विउ आलुलाई बजारको समस्या नहुने भएकाले उत्साही भएको प्रेमप्रसाद भुषालले बताउनुभयो । २४ वर्षदेखि आलु खेति गर्दै आएका नारायणदत्त सापकोटाले धेरै वर्षपछि आलुको विउ परिवर्तन गर्न लागिएको बताउनुभयो । लुम्ले कृषि अनुसन्धान केन्द्रले धेरै वर्षअघि शालिजामा विउ आलु भित्र्याएको थियो । वल्लो पल्लो गाउँका कृषकले साटेर सोही समयको विउ र बजारबाट खरिद लगेर रोप्ने गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...