फलीयागाउँमा दाउरा प्रहार गरेर बुहारीको हत्या

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–३ फलीयागाउँका एक व्यक्तिले दाउरा प्रहार गरेर बुहारीको हत्या गरेका छन् ।

५३ वर्षीय इन्द्रबहादुर भण्डारीले दाउरा प्रहार गर्दा उनकी बुहारी २८ वर्षीया अनिता रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

सामान्य विवाद हुँदा इन्द्रबहादुरले प्रहार गरेको दाउराले लागेर घाइते भएकी अनितालाई बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक राजन ढकालले बताए ।

Shreekrishna

‘इन्द्रबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान र कानुनी कारबाहीको प्रक्रीया अघि बढाइएको छ,’ उनले भने ‘अनिताको शव परिक्षणका लागि बेनी अस्पतालको शवगृहमा राखिएको छ ।’

बिहान १०ः५० को समयमा ससुरा बुहारीबिच बिवाद हुँदा इन्द्रबहादुरले दाउरा प्रहार गरेका थिए । अपराहन्न बेनी अस्पताल ल्याइएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...