समाचारको विधा

मुख्य खबर

मौरिस हर्गोज पदमार्गको प्रर्वद्धन टोली अन्नपूर्ण आधार शिविर प्रस्थान

अन्नपूर्ण । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा रहेको यो हिमाल आठ हजार ९१ मिटर अग्लो छ । नारच्याङ देखि

मुस्ताङमा सार्वजनिक यातायातको भाडा घट्यो

बेनी, । पर्यटकीय जिल्ला मुस्ताङबाट लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधनको यातायात भाडादर समायोजन भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बुधबार बसेको स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा अधिकारी र यातायात

एकै दिन आठ जना पर्वतारोही धवलागिरीको चुचुरोमा

८४ वर्षीय कार्लोसको धवलागिरी चढ्ने १४ औ प्रयास विफल बेनी, । संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको चुचुरोमा बुधबार आठ जना पुगेका छन् । म्याग्दीमा रहेको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने यो हिमालमा सेभेन समिट

मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बुधबार भवनको शिलन्याश गर्नुभएको छ । पाँच कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको

पत्रकार महासंघ म्याग्दीको भवन निर्माणमा अवरोध

बेनी, नेपाल पत्रकार महासंघ, म्याग्दी शाखाको भवन निर्माणमा अवरोध भएको छ । बेनी नगरपालिकाले वि.स. २०७६ मा महासंघलाई दश वर्षका लागि भाडामा उपलब्ध गराएको वडा नम्बर ७ स्थित कित्ता न. १४१९ को ४ आना जग्गामा नयाँ भवन निर्माण र त्यहाँको पुरानो

पोखराको यातायात कार्यालयमा मन्त्री जुग्जालीको छड्के अनुगमन

पोखरा, । यातायात व्यवस्था कार्यालय पोखरामा बुधबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले छड्के अनुगमन गर्नुभएको छ ।यातायात कार्यालयबाट प्रवाह हुने सेवाको अवस्था र सेवाग्राहीको समस्या पहिचान

धवलागिरीमा आरोहण शुरु

बेनी, । म्याग्दीमा रहेको संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धवलागिरी हिमालमा चालु यामको आरोहण शुरु भएको छ । धवलागिरी हिमाल म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्छ । पोल्याडका दुई जना आरोहीले मंगलबार धवलागिरीमा चालु यामको

सडक विस्तारका क्रममा पाइपलाइनमा क्षति पुग्दा बेनीमा खानेपानी आपुर्ति प्रभावित

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारमा केही दिनयता खानेपानीको अभाव भएको छ ।सडक विस्तारका क्रममा खानेपानीको पाईपलाइनमा क्षति पुगेकाले बजारमा आपुर्ति प्रभावित भएको हो । पर्याप्त र नियमित खानेपानी आपुर्ति नहुँदा जार, वोत्तलको पानी प्रयोग

पोखरेबगर–चित्रे सडक कालोपत्र शुरु

सुरेन गुरुङशिख, । म्याग्दी स्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको करिब १५ वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयबासी उत्साहित भएका छन् । १८ किलोमिटर ५४०

मराङमा वडा कार्यालय भवन निर्माण शुरु

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वडा कार्यालय भवन निर्माण शुरु भएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सोमबार भवनको शिलन्याश गर्नुभएको छ । चार कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ ।