फापरखेतमा भएको जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते

बेनी, रुखबाट लडेर घाइते भएका बिरामी सवार जिप दुर्घटना हुँदा म्याग्दीमा एकको मृत्यु र चार जना घाइते भएका छन् । मालिका –३ पात्लेबाट बिरामी लिएर पोखरा जादै गरेको ग १ ज ६७८८ नम्बरको जिप बेनी–दरवाङ सडक अन्तरगत बेनी –४ फापरखेतमा बिहिबार राती

विप्लप (नेकपा)का मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ

बेनी । सरकारद्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपाको मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर)लाई बिहिबार प्रहरीले म्याग्दीबाट पक्राउ गरेको छ । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय

बेनीमा खानेपानी कार्यालय स्थापना

बेनी । बेनीमा तीन जिल्ला कार्यक्षेत्र भएको संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाको कार्यालय स्थापना भएको छ । संघीय सरकारको खानेपानी तथा सरसफाई मन्त्रालय अन्तरगतको यो कार्यालयको कार्य क्षेत्र म्याग्दी, बागलुङ र मुस्ताङ जिल्ला हो ।

बेनीमा बुद्धाको गहना लुटियो

बेनी । सदरमुकाम बेनी बजारमा बिहीबार एक बृद्धा लुटिनुभएको छ । बेनी नगरपालिका–४ डाडाखेतकी ७६ वर्षीया पुतली किसानले कानमा लगाएको गहना लुटिएको हो । दुई जना युवाले नेपाल बिद्युत प्राधिकरणको कार्यालय मुनी लगेर कानमा लगाएको आधा तोला सुनको रिङ

रुममा १२ किलोग्राम गाँजा सहित एक युवा पक्राउ

बेनी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको भिरखर्कका एक युवालाई प्रहरीले बिहीबार लागु औषध गाँजा सहित पक्राउ गरेको छ । भिरखर्कका ३४ वर्षीय होमबहादुर पुनलाई १२ किलोग्राम ८५० ग्राम गाँजा सहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय

पहिरो पिडितको आवास पुननिर्माण सुरु गर्न प्रक्रिया अघि बढ्यो

बेनी । गएको बर्खामा घरबास गुमाएका म्याग्दीका पहिरो पिडितहरुको आवास पुननिर्माणका लागि दश करोड रुपैयाँ भन्दा बढी बजेट आवश्यक पर्ने देखिएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिको बिहिबार बेनीमा बसेको बैठकले संघीय, प्रदेश र स्थानीय सरकारको

मुख्यमन्त्री कप बिजेता महिला भलिबल टिमलाई गृहजिल्लामा सम्मान

बेनी । गण्डकी प्रदेश स्तरीय प्रथम मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको महिलातर्फ बिजयी म्याग्दीका खेलाडीहरुलाई बुधबार बेनीमा भब्य सम्मान गरिएको छ । भलिबल संघ र जिल्ला स्थित सुरक्षा निकायले छुट्टा छुट्टै कार्यक्रम आयोजना गरेर खेलाडीहरुलाई

बेनी गलेश्वर सडकको छेउमा मापदण्ड बिपरित उपकरण प्रयोग गरेर बगर उत्खनन्

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको बगर क्षेत्रमा निर्माण ब्यवसायीले सम्झौता र मापदण्ड बिपरित उपकरण प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन् गर्न थालेका छन् ।वातावरणीय परिक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौता बिपरित हेभी इक्युभमेन्ट

नेकपाको दायित्व र जिम्मेवारी अझै बढ्यो– नेता पाण्डे

बेनी । नेकपाको प्रचण्ड–नेपाल समूहका गण्डकी प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डेले नेकपाको नेतृत्व सच्चिएर देशको राजनीतिलाई सही मार्गमा ल्याउन अग्रसर बन्नुपर्ने बताउनुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा भंग गर्ने सरकारको निर्णय बदर

पोखरेबगरमा नेकपाको प्रचण्ड–नेपाल समूहको अगुवा कार्यकर्ता भेला

बेनी । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलबार नेकपाको प्रचण्ड–नेपाल समूहको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदमको बिरोध र संसद पुनस्थापनाको पक्षमा रहेको सो