बेनी गलेश्वर सडकको छेउमा मापदण्ड बिपरित उपकरण प्रयोग गरेर बगर उत्खनन्

Gandaki Pardesh notice

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको बगर क्षेत्रमा निर्माण ब्यवसायीले सम्झौता र मापदण्ड बिपरित उपकरण प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन् गर्न थालेका छन् ।
वातावरणीय परिक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौता बिपरित हेभी इक्युभमेन्ट (डोजर, एक्साभेटर) प्रयोग गरेर बगरबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्दा कटानको जोखिमका साथै जैबिक बिबिधतामा असर परेको छ ।

बेनी– जोमसोम सडकको प्रवेश बिन्दुमा पर्ने बेनी–गलेश्वर सडक अन्तरगत बेनी नगरपालिकाको वडा न. ६ मा पर्ने ठूलो बगर क्षेत्रमा केही दिनयता एक्साभेटर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् भैरहेको छ ।

अब्यवस्थित रुपमा एक्साभेटरको प्रयोग गरेर बगर उत्खनन् गर्दा नदी गहिरिने, माछा लगायत जलचरको बासस्थानमा असर पर्ने र नजिकै रहेको सडक कटानको जोखिममा परेको स्थानीयबासीले गुनासो गरेका छन् ।

Shreekrishna hardwear in news

जलजला गाउँपालिका–७ मिलनचोकको साहना निर्माण सेवाले बेनी नगरपालिकासंग ठुलोबगर स्थित कालीगण्डकी बगरमा नदीजन्य बस्तुको उत्खनन् र निकासीका लागि २०७७ फागुन ५ गते बेनी नगरपालिकासँग रु. दुई लाख २५ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

Bhautik ministry notice about road

सोही कम्पनीले बेनी नगरपालिका–९ मा पर्ने गलेश्वर–मजुवाको बगरमा उत्खनन् र निकासीका लागि रु. सात लाख एक हजारमा ठेक्का लिएको छ । बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले नदीजन्य बस्तु उत्खनन्मा हेभी इक्युभमेन्ट प्रयोग गर्ने सम्झौता नभएको बताउनुभयो ।

राहुघाट र कालीगण्डकी नदीले कटान गरेको राममन्दिरको संरक्षणका लागि नदीको धार परिवर्तन गराउन जिल्ला विपद् ब्यवस्थापन समितिले गरेको आग्रह अनुसार मजुवा–गलेश्वरको बगरमा हेभी इक्युभमेन्ट प्रयोग गर्न दिने नदिने भन्ने बिषयमा जलजला र रघुगंगाका प्राबिधिकसँग छलफलको चरणमा रहेको कार्कीले बताउनुभयो ।

साहना निर्माण सेवाका सञ्चालक शिव जिसीले मजदुर लगाएर उत्खनन् गर्दा सम्भव नहुने भएकाले बिकास निर्माणका लागि आवश्यक निर्माण सामग्रीको सहज आपुर्तिका लागि सरोकारवालाको मौखिक सहमतिमा उत्खनन्मा उपकरण प्रयोग गरेको बताउनुभयो ।

“उत्खनन्मा उपकरण प्रयोग नगर्ने भन्ने कही उल्लेख छैन,” उहाँले भन्नुभयो “मजदुर लगाएर निकालेको बालुवा, गिट्टी र ढुङ्गाले यत्रा बिकास आयोजनालाई आवश्यक पर्ने सामान पु¥याउन सकिदैन् ।”
नदीजन्य बस्तुको उत्खनन् नियमनका लागि जिल्ला स्तरमा रहेको अनुगमन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले उपकरण प्रयोग गरेर उत्खनन् भएको सम्बन्धी सूचना नआएको बताउनुभयो । सम्झौता र इआइ प्रतिवेदन बिपरित नदी बगर उत्खनन्मा उपकरण प्रयोग गरेको भेटिएमा कारबाही गरिने उहाँले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...