फापरखेतमा भएको जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते

Gandaki Ghumau

बेनी, रुखबाट लडेर घाइते भएका बिरामी सवार जिप दुर्घटना हुँदा म्याग्दीमा एकको मृत्यु र चार जना घाइते भएका छन् ।

मालिका –३ पात्लेबाट बिरामी लिएर पोखरा जादै गरेको ग १ ज ६७८८ नम्बरको जिप बेनी–दरवाङ सडक अन्तरगत बेनी –४ फापरखेतमा बिहिबार राती दुर्घटना भएको थियो ।

मालिका–३ का ६२ वर्षीय गोबिन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले बताउनुभयो ।

Shreekrishna

‘रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजादै गरेको जिप सडक देखि करिब ५० मिटर तल म्याग्दी खोलामा खसेर दुर्घटना भएको हो,’ उहाँले भन्नुभयो ‘घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि रातीनै पोखरा रिफर गरिएको छ ।’

Gunasthariya Shiksya

यसैगरी मालिका–३ पात्लेका २९ वर्षीय रबिन्द्र रोका, २० वर्षीय रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ । चालक बाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् ।

तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए । दुर्घटनाको कारणका बारेमा अनुसन्धान जारी रहेको प्रहरी नायव उपरिक्षक राइले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...