रुममा १२ किलोग्राम गाँजा सहित एक युवा पक्राउ

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको भिरखर्कका एक युवालाई प्रहरीले बिहीबार लागु औषध गाँजा सहित पक्राउ गरेको छ ।

भिरखर्कका ३४ वर्षीय होमबहादुर पुनलाई १२ किलोग्राम ८५० ग्राम गाँजा सहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा गएको टोलीले गाँजा र पुनलाई नियन्त्रणमा लिएको हो । बोराभित्र हालेर बाख्राको खोरमा लुकाई राखेको अवस्थामा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

Shreekrishna hardwear in news

बिहीबारनै बेनी स्थित जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याइएका पुनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने प्रहरी नायव उपरिक्षक राइले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...