पोखरेबगरमा नेकपाको प्रचण्ड–नेपाल समूहको अगुवा कार्यकर्ता भेला

Gandaki Pardesh notice

बेनी । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलबार नेकपाको प्रचण्ड–नेपाल समूहको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदमको बिरोध र संसद पुनस्थापनाको पक्षमा रहेको सो समूहले आफ्नो रणनीतिको बारेमा स्थानीय कार्यकर्ताहरुलाई प्रशिक्षण गर्न भेला आयोजना गरेको हो ।

भेलालाई नेकपाका जिल्ला अध्यक्ष गोबिन्द पौडेल, सचिब बालकृष्ण सुबेदी, प्रदेश सदस्य बिनोद केसी, जिल्ला कार्यालय सदस्य रेशम जुग्जाली, सचिवालय सदस्य कृष्णकुमार बिश्वकर्मा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उहाँहरुले सर्वोच्च अदालतले ओलीको कदमलाई असंबैधानिक ठहर र संसद पुनस्थापना गर्ने फैसला गरेकोमा स्वागत गर्दै अब निर्वाचन आयोगले पनि पार्टीको बिधान अनुसार आफ्नो समूहलाई पार्टी र चुनाव चिन्हको मान्यता दिने विश्वास ब्यक्त गर्नुभयो ।

स्वइच्छाचारी ओली शैली गलत ठहरिएको बताउँदै उहाँहरुले पार्टीको मुल धारमा आउन अन्य कार्यकर्ताहरुलाई अपिल गर्नुभयो । बिधि, बिधान, संबिधान नमानेर आफुखुसी गर्ने प्रवृतिले सवक सिकेको बताउनुभयो ।

नेकपाका पालिका कमिटि सचिव पुर्ण पाइजाको अध्यक्षता र जिल्ला सदस्य बुद्धी पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...