समाचारको विधा

स्थानीय

दिवंगत अभिभावकको स्मृतिमा रु. पाँच लाखको स्वास्थ्य अक्षयकोष

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगको स्वास्थ्य चौकीमा एक दम्पत्तीले दिवंगत अभिभावकको स्मृतिमा रु. पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । बेगखोला घर भई हाल बेलायतमा कर्मथलो बनाउनुभएका नगेन्द्र पाईजा र उहाँकी श्रीमति लक्ष्मी

राखुबाट छ दशकपछि संघीय प्रतिनिधित्वको प्रयासमा केबी भण्डारी

बेनी । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकाको राखुले करिब ६ दशकपछी केन्द्रीय संसदमा प्रतिनिधित्व खोजेको छ । म्याग्दी जिल्लाको राजनीतिमा रघुगंगा गाउँपालिका– २ र ३ को भूगोलमा पर्ने राखुबाट

धवलागिरीबाट पहिलो संघीय सांसद बन्ने दौडमा नेकपाका अर्जुन थापा

बेनी। म्याग्दीका छ वटा स्थानीय तह मध्य भौगोलिक हिसाबले संघीय संसदमा प्रतिनिधित्व गर्ने अवसर नपाएको धवलागिरी गाउँपालिका रहेको छ । पञ्चायत देखि गणतन्त्र सम्म आइपुग्दा म्याग्दीका अन्य पाँच वटा स्थानीय तहले संघीय संसदमा आफ्ना प्रतिनिधी

धवलागिरीको दरखोलामा पुल बनाउन दर र मुदीका बासिन्दाको माग

मुना ः म्याग्दीको धवलागिरी गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा दर र मुदीका बासिन्दालाई समस्या भएको छ । दरखोलामा मोटरेबल पुल निर्माणका लागि चार वर्षअघि सर्वेक्षण भएपनि बजेट र योजनाको अभावका कार्यान्वयन हुन सकेको छैन् ।

धारापानीका चन्द्रदत्त उपाध्यायको घर आगोलागीबाट नष्ट

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा आगोलागीबाट एक वटा घर जलेर नष्ट भएको छ । धारापानीका चन्द्रचत्त उपाध्यायको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर बिहिबार राती आगोलागी हुँदा नष्ट भएको हो । आगोलागीबाट उपाध्यायको घर सहित

गुर्जा जोड्ने सडक निर्माण अन्तिम चरणमा

गुर्जा ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । लुलाङ–गुर्जा सडक योजना मार्फत चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्याक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालसँग जोड्न लागिएको हो ।

ज्ञानप्रकाशका तीन विद्यार्थीलाई निम्स दाई एजुकेशनबाट पुरस्कार

दाना, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा रहेको ज्ञानप्रकाश माध्यमिक विद्यालयमा आधारभूत, मावि र उच्च माविमा उत्कृष्ट अंक ल्याउने तीन जना विद्यार्थीले रु. दुई लाख ३० हजार नगद पुरस्कार पाएका छन । पर्वतारोही निर्मल पुर्जाले स्थापना

महभिरमा वडा कार्यालय भवन निर्माण शुरु

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माण शुरु भएको छ । रु. एक करोड आठ लाख आठ हजार नौ सय ९२ मा ठेक्का सम्झौता गरेको भण्डारी निर्माण सेवाले भवन निर्माणका लागि जग्गा ब्यवस्थापनको काम थालेको हो ।

म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलुङ्गे पुल निर्माण धमाधम

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ काउसीबोट र वडा नं.–४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण शुरु भएको छ । संघीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौले म्याग्दी नदीमाथी तीन सय तीन मिटर लामो झोलुङ्गे पुल निर्माण थालेको हो ।

मंगलाका विभिन्न ठाउँमा एमालेको चुनावी सभा

बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मूल निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आइतबार मंगला गाउँपालिकाको विभिन्न टोल, वस्ती र गाउँमा चुनावी आमसभा, घरदैलो अभियान र मतदाता भेटघाटलगायत कार्यक्रमहरु सम्पन्न भएका छन् ।मंगला गाउँपालिकाको