ज्ञानप्रकाशका तीन विद्यार्थीलाई निम्स दाई एजुकेशनबाट पुरस्कार

Gandaki Ghumau

दाना, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा रहेको ज्ञानप्रकाश माध्यमिक विद्यालयमा आधारभूत, मावि र उच्च माविमा उत्कृष्ट अंक ल्याउने तीन जना विद्यार्थीले रु. दुई लाख ३० हजार नगद पुरस्कार पाएका छन ।

Gunasthariya Shiksya

पर्वतारोही निर्मल पुर्जाले स्थापना गरेको ‘निम्स दाइ’ फर एजुकेसनले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने सनिता थापालाई रु. एक लाख नगदसहित सम्मान पत्रले सम्मान गरिएको छ ।
पर्वतारोहणको क्षेत्रमा दर्जन कीर्तिमानी कायम गरेका पुर्जाले विद्यालयमा स्थापना गरेको रु. ४० लाखको अक्षयकोषको ब्याजबाट पुरस्कार प्रदान गरिएको विद्यालयका प्रअ शान्त नेपालीले जानकारी दिनुभयो ।
गत वर्षको एसइईमा विद्यालय प्रथम हुन अप्सन पूर्जालाई रु. ८० हजार र कक्षा ८ मा प्रथम हुने प्रतिज्ञा घर्तीले रु. ५० हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कपिलप्रसाद पाण्डे, आरोही पूर्जाका दाई कमलबहादुर पूर्जाले पुरस्कार वितरण गर्नुभएको थियो ।
फाउण्डेशनबाट पुरस्कारसहित दाना भित्र रहेका विद्यालयमा अध्ययनरत तीन सय ३१ विद्यार्थीलाई प्रति विद्यार्थी रु. पाँच सय ३५ का दरले रु. एक लाख ८८ हजार समेत हस्तान्तरण गरिएको थियो । फाउण्डेशबाट यसबर्ष पुरस्कार र शैक्षिक सहयोग गरी रु. चार लाख १८ हजार वितरण भएको छ ।
पर्वतारोहणका क्षेत्रमा काम गर्ने विभिन्न कम्पनीको सामाजिक उत्तरदाहित्व अन्तरगत शिक्षा क्षेत्रमा सहयोग गर्ने गरी विद्यालयमा स्थापना भएको कोषबाट हरेक वर्ष उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरणले शैक्षिक क्षेत्रमा निकै राहत मिलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पूर्जाले बताउनुभयो ।
उक्त पुरस्कारले विद्यार्थीको पढाइमा प्रतिस्पर्धा हुने र उच्च शिक्षामा लागने खर्च समेत सहज हुने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष पुनको भनाई छ । सामुदायिक विद्यालयमा ठूलो धनराशीको पुरस्कारबाट नै उच्च शिक्षको खर्चमा हुने सहजताले विपन्न अभिभावकलाई धेरै राहत मिल्ने अध्यक्ष पुनको भनाई थियो ।
अन्नपूर्ण–३ दानाको तितरमा जन्मिनुभएका पूर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमा अक्सिजन र विना अक्सिजनको सहायतामा ५०पटक आरोहण गर्नुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...