समाचारको विधा

बेनी न.पा.

रत्नेचौरमा तोरी फुल्यो लहलह ….

बेनी, म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरको फाँटमा तोरी फुलेर मनमोहक देखिएको छ । खेतमा फुलेको तोरी र पृष्ठभूमिको धौलागिरी हिमालको दृष्य खिच्न, टिकटक बनाउनेहरुको चहलपहल बढेको छ । बेनी, बाग्लुंग, कुश्मा लगायतका ठाउँबाट रत्नेचौर घुम्न आएका

कपडा तथा फेन्सी ब्यवसायी समितिको नयाँ नेतृत्व

बेनी । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले पाँचौं साधारण सभा तथा तेस्रो अधिबेशनबाट तुलसीनाथ सुबेदी (रामप्रसाद) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बेनीमा बिहिबार सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा दामोदर शर्मा, सचिबमा

प्रेस चौतारी म्याग्दीमा बानिया, खड्का र बास्कुने पुरस्कृत

बेनी । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा प्रताप बानिया चयन हुनुभएको छ । बेनीमा बुधबार भएको प्रेस चौतारीको पाँचौ जिल्ला अधिबेशनबाट बानियाको अध्यक्षतामा पछि एक सदस्य थप गर्नेगरी १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

बेनीको नगरसभाबाट संसोधित बजेट पारित

दश वटा वडामा एक एक वटा योजना थपिए, तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालन गर्न बिस लाख बिनियोजन सजिना खड्काबेनी । म्याग्दीको बेनी नगरपालिकाको बुधबार भएको दशौ नगरसभाबाट चालु आर्थिक बर्ष २०७८÷७९ का लागि वडा स्तरमा दश वटा योजना थपेको छ ।

म्याग्दी क्याम्पसको सञ्चालक समितिद्धारा पदभार ग्रहण

बेनी । म्याग्दी बहुमुखी क्याम्पसको नवनिर्वाचित सञ्चालक समितिका पदाधीकारी र सदस्यहरुले मंगलबार पदभार ग्रहण गरेका छन् । ३१ औ वार्षिकोत्सब तथा ११ औ अधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष सोमनाथ ढुङ्गाना लगायत पदाधीकारी र सदस्यहरुलाई

बैंकका पाँच कर्मचारीलाई कोरोना संक्रमण

बेनी । नेपाल बैंक लिमिटेडको बेनी शाखामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएका उनिहरुको बेनी अस्पतालमा नमुना संकलन गरि पिसिआर परिक्षणको लागि पोखरा पठाएकोमा थियो । सोमबार सार्वजनिक रिपोर्टमा कोरोना

असिनाले बाली नष्ट गरेपछि कृषक चिन्तित

बेनी, असिनाले हिउँदेबाली नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका– ३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मंगला गाउँपालिका–३, भाँक्रेपानी र ४ धापुङमा सोमबार साँझ असिना परेको थियो । बर्षात सहितको बेमौसमी असिनाले हिउँदेबाली र

राम्चे सामुदायिक बन समुहमा बानिया

बेनी । बेनी नगरपालिका–६ अथुङ्गेमा रहेको राम्चे सामुदायिक बन उपभोक्ता समूहको अध्यक्षमा सुन्दर बानिया चयन हुनुभएको छ । समुहको उपाध्यक्षमा नारायण पौडेल, सचिबमा तुलसीराम सुबेदी र कोषाध्यक्षमा उषा बिक चयन हुनुभएको छ । कमलप्रसाद सुबेदी,

एमाले म्याग्दीको जिल्ला सदस्य छान्ने जिम्मा पालिका कमिटिलाई

बेनी । नेकपा एमाले म्याग्दीले जिल्ला कमिटिको सदस्य चयन गर्ने जिम्मा पालिका कमिटिहरुलाई दिएको छ । सदरमुकाम बेनीमा जारी नबौ जिल्ला अधिबेशनबाट चयन हुने सदस्य चयन गर्न सदस्य संख्याको आधारमा कलस्टर बाँडेर पालिका कमिटिलाई जिम्मेवारी दिएको छ ।

गलेश्वर शिवालय क्षेत्र बिकास कोषको अध्यक्षमा माधबप्रसाद रेग्मी

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका– ९ स्थित धार्मिक संस्था गलेश्वर शिवालय क्षेत्र बिकास कोषको अध्यक्षमा माधबप्रसाद रेग्मी चयन हुनुभएको छ । गलेश्वरमा शनिबार भएको सातौ बिशेष अधिबेशन तथा १६ औ कार्यकारी सभाबाट चयन भएको समितिको उपाध्यक्षमा