म्याग्दीका नैनकुमार श्रेष्ठलाई नानी–सुक स्मृति पुरस्कार

Gandaki Pardesh notice

पोखरा, । म्याग्दीका अगुवा जेष्ठ नागरिक नैनकुमार श्रेष्ठ सोमबार पोखरामा पुरस्कृत हुनुभएको छ । नानी–सुक स्मृति प्रतिष्ठानले १७ औं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उनलाई नगद रु. २५ हजार ५२५ सहित ताम्रपत्र, दोसल्ला, मालासहित सम्मानित गर्नुभयो । बेनी नगरपालिका–७ निवासी ८१ वर्षीय श्रेष्ठ वरिष्ठ समाजसेवी एवं शिक्षासेवी हुन् । म्याग्दीको समग्र विकासमा उहाँले गरेको योगदानको आधारमा सम्मान गरिएको संस्थाले जनाएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघका संस्थापक र मानार्थ सदस्य श्रेष्ठले मंगला गाउँपालिकाको प्रभात आधारभूत विद्यालयलाई कक्षा कोठा भवन बनाउन निशूल्क जग्गा उपलब्ध गराउनुभएको छ । जेष्ठ नागरिक समाजका अध्यक्ष उहाँ विभिन्न सामाजिक संघ संस्थामा क्रियाशिल रहदै आउनुभएको छ ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले यो सम्मानको कार्यक्रम पितृप्रति सन्तानले गर्ने सुकार्य भएको बताउनुभयो । उहाँले सुकबहादुर हिराचन तथा समग्र थकाली समुदायको बारेमा पनि बोलेका थिए । सम्मानित व्यक्तित्व श्रेष्ठले प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै यानीमाया गीतसमेत गाउनुभएको थियो । म्याग्दीमा यानीमाया गाउनमा होस् वा विभिन्न जात्रामा नाच्न उनी सधैं अघि सर्नुुहुन्थ्यो ।

Bhautik ministry notice about road


प्रतिष्ठानका संरक्षक वीरेन्द्र हिराचनले बाबुआमाको योगदान छोराछोरीले जति गरे पनि गुन तिर्न नसक्ने बताउनुभयो । बाबुआमाको स्मृतिको स्थापना गरिएको कोषमा आफ्ना परिवारका सदस्यले पनि नगद सहयोग गरेका बताउनुभयो । सो अवसरमा उहाँले बाबुआमाको स्मृतिमा भजन सुनाउनुभयो ।
संस्थाका उपाध्यक्ष हेरम्ब कोइरालाले पुरस्कारको महत्व र कार्यविधिबारे जानकारी दिए भने समाजसेवी सुन्दर ज्योतिषले पुरस्कृत व्यक्तित्वको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानले नरेन्द्रकुमार हिराचनलाई आजीवन सदस्यता प्रदान गरेको छ ।

Shreekrishna hardwear in news


प्रतिष्ठान अध्यक्ष तारानाथ गौतम (पाखे)को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संरक्षक शान्ति हिराचन र सञ्चालन सुकु हिराचनले गर्नुभएको थियो । विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा भक्ति संगीत प्रतिष्ठानले नवराल बरालको नेतृत्वमा भक्ति संगीत प्रस्तुत गरेको थियो ।
गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर शिक्षा र समाजसेवामा उल्लेख्य योगदान दिने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले प्रतिष्ठानले २०६२ सालमा शुकबहादुर हिराचन र नानीमाया हिराचनको स्मृतिमा रु. ९ लाखको अक्षयकोष स्थापना गरी सोको ब्याजबाट पुरस्कार प्रदान गर्दै आएको छ ।
यसअघि मुस्ताङका भक्ति हिराचन, कास्कीका अनन्तनाथ पौडेल, कास्कीकै पद्मराज कोइराला, तनहुँका दिव्यरमण अर्याल, बागलुङका पद्मसिं विश्वकर्मा, अर्घाखाँचीका कृष्णप्रसाद पौडेल, लमजुङका पूर्णभद्र नेउपाने र पर्वतका लोकनाथ आचार्य पुरस्कृत हुनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...