भकिम्लीको ठोट्नेरीमा माओवादीको टोल कमिटि

Gandaki Ghumau

बेनी,। म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको ठोट्नेरीमा नेकपा माओवादी केन्द्रको टोल कमिटि गठन भएको छ । चन्द्रकला पुनको संयोजकत्वमा २३ सदस्यीय टोल कमिटि गठन भएको हो ।

माओवादी केन्द्रको रुपान्तरण अभियान अन्तरगत माओवादीका वडा कमिटि अध्यक्ष रत्न जि.सी.को अध्यक्षतामा भएको कार्यक्रममा माओवादीका म्याग्दी प्रदेशसभा क्षेत्र (क)का संयोजक कुशल पौडेलले संविधान, संघियता, गणतन्त्र, समावेशी, समानुपातिक व्यवस्था माओवादी आन्दोलनको उपलब्धी भएको बताउनुभयो

Gunasthariya Shiksya

कार्यक्रममा स्थानीय अगुवा पृथी पुन, माओवादीका बेनी नगर उपाध्यक्ष खिम पुन, वडा नम्बर ६ का अध्यक्ष यादव सुवेदी, नगर सदस्य मनबहादुर श्रीस, वाइसीएलका बेनी नगर अध्यक्ष नविन पौडेल, वाइसीएलका नगर उपाध्यक्ष कृष्ण छन्त्याल, वाइसीएलका वडा अध्यक्ष जिवन छन्त्यालको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन पूर्णमाया जि.सी.ले गर्नुभएको थियो ।

Shreekrishna
Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...