बेनीमा कोरलाकप ब्याडमिन्टन हुने

Gandaki Pardesh notice

बेनी, । बेनीमा गण्डकी प्रदेशस्तरीय दोस्रो म्याग्दी कोरला ब्याडमिन्टन प्रतियोगिताका हुने भएको छ । म्याग्दी कोरला यातायात प्रालिद्धारा आगामी असोज १२ र १३ गते कालिपुलस्थित कवर्ड हलमा आयोजना गर्न लागेको हो ।

तीन विधामा प्रतियोगिता संचालन गर्न लागिएको प्रतियोगिताको पुरुष तर्फ प्रतियोगित, ४५ माथिको खुल्ला भेट्रान्स र सि लेभल जिल्लास्तरीय प्रतियोगिता गरिने बेनी नगरपालिका ब्याडमिन्टन संघका अध्यक्ष सज्जन शाक्यले बताउनुुभयो ।

प्रतियोगिताको पुरुष खुल्लामा प्रथम हुनेले रु. ४० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो र तेस्रोले रु. २५÷१५ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

त्यस्तै ४५ वर्षमाथिको खुल्ला भेट्रान्समा प्रथम हुनेलाई रु. ३० हजार, दोस्रो र तेस्रोलाई रु. २०÷१० हजार भने सि लेभललाई रु. ३० हजार, दोस्रो र तेस्रोले समान रु. २०÷१० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त रहेको आयोजकले जनाएको छ ।

जिल्ला खेलकुद विकास समिति म्याग्दी र म्याग्दी ब्याडमिन्ट संघसँगको सहकार्यमा आयोजित प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग गर्ने खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुुभयो ।

प्रदेशमा रहेका नयाँ खेलाडीको पहिचान गर्ने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने र पोखरालाई खेल पर्यटन सहरको रुपमा विकास गर्ने तथ लक्ष्य रहेको म्याग्दी कोरला यातायात प्रालिका कार्यवाहक अध्यक्ष मोहन केसीले बताउनुुभयो ।

लोकेश पुनले सञ्चालन गर्नुुभएको पत्रकार सम्मेलनमा बेनी नगरपालिकाको वडा नं ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी ब्याडमिन्ट संघका अध्यक्ष हिमालय कार्की लगायतको उपस्थिती रहेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...