बेनीमा गोरु नाच देखाइयो

Gandaki Pardesh notice

बेनी, । बेनीबजारमा बिहिबार गोरु नाच प्रर्दशन गरिएको छ । शुक्रबार हुने रोपाई नाचको जानकारी गराउन मुखीयाले गोरुसहित बिहिबार बजार परिक्रमा गरेका हुन् । रोपाई नाचको अघिल्लो दिन गोरु नाच देखाउने चलन रहेको छ ।
नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्हः पूचः हरुले (युवा) बर्खे नाच अन्तरगतको गोरु नाच प्रर्दशन गरेका हुन्। बर्खेनाच अन्तरगत शुक्रबार हुने रोपाईमा सहभागि हुनका लागि गोरुहरुसहित मुखिया बजार परिक्रमा गर्छन । मुखीयाले क्याप्टेनको खेत रोपाईमा सहभागि हुन रोपारहरुलाई आग्रह गर्दछन् ।
खेत रोपाई गर्न गोरु, बाउसे र हली तयारी अवस्थामा रहेको र रोपारहरुलाई सहभागि हुनका लागि मुखियाले बजार परिक्रमा गरेर जानकारी गराउने प्रचलन रहेका ल्याम्हः पूचःका सदस्य सज्जन श्रेष्ठले बताउनुभयो । गोरुसहित मुखिया बजारको चोकचोकबाट टोलबासालीई रोपाईमा सहभागि हुन सूचना गर्छन् भने सहभागि नहुनेलाई जरिवाना गर्ने आदेश हुन्छ ।
हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर तिज पर्वसम्म देखाईने बर्खे नाच अन्तरगत बेनी बजारमा लाखे नाच, घोडा नाच, गाईजात्रा सपारु, श्रीकृष्ण रथयात्रा, गोरु नाच देखाईएको छ भने रोपाई नाच, धानको बाला नाच बाँकी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...