स्रोत कक्षालाई कम्प्युटर र प्रिन्टर

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिका–४ सिंगा स्थित धौलागिरि माध्यमिक विद्यालयलाई कम्प्युटर र कलर प्रिन्टर सहयोग गरिएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ मोना बेल्जियमले विद्यालयमा सञ्चालित बहिरा स्रोत कक्षाका विद्यार्थीलाई सांकेतिक भाषा सिक्न करिब रु. एक लाख मूल्य बराबरको सहयोग गरेको हो । मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रममा मोना बेल्जियमकी महिला उपाध्यक्ष ज्ञानुकुमारी बरुवाल र शिक्षा विकास समन्वय इकाई प्रमुख दलबहादुर थापाले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्का (भगवान, प्रधानाध्यापक भुवनप्रसाद रेग्मीलाई संयुक्तरुपमा हस्तान्तरण गर्नुुभयो ।

Bhautik ministry notice about road

कार्यक्रममा बोल्दै प्रमुख अतिथि इकाई प्रमुख थापाले स्रोत कक्षामा रहेका विद्यार्थीलाई सांकेतिक भाषालाई कम्प्युटरको माध्यमबाट समेत सिक्न सहज हुने बताउनुुभयो । उहाँले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि कम्प्युटरले ठूलो सहयोग पुग्ने र विद्यार्थीको सिकाई प्रभावकारी हुने विश्वास व्यक्त गर्नुुभयो ।

Shreekrishna hardwear in news

सोही अवसरमा मोना बेल्जियमकी उपाध्यक्ष बरुवालले आधुनिक युगमा विद्यालयमा कम्युटर शिक्षाको आवश्यकता रहेको बताउँदै कम्युटर सहयोग गरेको बताउनुुभयो । विद्यार्थीले आफूलाई प्रविधिमा ढाल्नका लागि कम्प्युटरले सहयोग पुग्ने उपाध्यक्ष बरुवालको भनाई थियो ।

स्रोत कक्षामा अहिले १३ जना बहिरा विद्यार्थीहरु अध्ययनरत रहेका छन् । ्विद्यालय व्यवस्थापन समितीका अध्यक्ष खड्काको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रमको स्वागत स्रोत कक्षा समन्वयकर्ता लक्ष्मीदेबी श्रेष्ठ, सञ्चालन पूर्व प्रध्यानध्यापक केशवप्रसाद रेग्मीले गर्नुुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...