बेनीका मेयर केसीले आफै सञ्चालक रहेको विद्यालयको पर्खाल भत्काए

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले आफै सञ्चालक रहेको विद्यालयले सडक अतिक्रमण गरेर बनाएको भौतिक संरचना भत्काउनुु भएको छ ।

बेनी नगरपालिका ७ महारानीथानमा माउण्ट एभरेष्ट आवासीय माविले सडकको क्षेत्राधिकार भित्र बनाएको पर्खालमा प्रमुख केसीको नेतृत्वमा बुुधबार डोजर लगाएर भत्काउनुुभएको हो ।

प्रमुख केसीको परिवारको समेत लगानी रहेको विद्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको गुुनारो रहेको थियो । बेनी–अर्थुङे सडकमा पर्ने महारानीथानमा माउन्ट एभरेष्ट आवासीय माविले पैदलमार्ग र आपतकालिन अवस्थामा सवारीसाधन आवत जावत गर्ने सडक बनाएको थियो ।

Shreekrishna hardwear in news

सडकको क्षेत्राधिकारभित्र पर्ने सडकको पर्खाल नगर प्रमुख केसीको नेतृत्वमा डोजर लगाएर भत्काइएको हो । “बेनी नगरपालिका क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान जारी छ,” उहाँले भन्नुुभयो “अतिक्रमण हटाउने क्रममा मेरै परिवारका सदस्यहरुको लगानी रहेको विद्यालयले बनाएका संरचना पनि भत्काएका हो ।”

Bhautik ministry notice about road

अतिक्रमित पर्खाल हटाई मुल सडकको चौडाई करिब ८.५ मिटर कायम भएको बेनी नगरपालिकाले जनाएको छ । नगरपालिकाले पटक–पटक सूचना जारी गरेर अतिक्रमित संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेका संरचनालाई समेत बल प्रयोग गरी हटाउन थालेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले अनधिकृत संरचना हटाउनको लागि नगरपालिकाले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गर्ने बताउनुभयो । उहाँले बेनीबजार भित्र सडक अतिक्रमण गरेपछि बाटो साँघुरो भई दुर्घटनाको जोखिम बढेकाले थप अतिक्रमित संरचना भत्काउने बताउनुभयो ।

बषौंदेखि अतिक्रमण गरी मनपरी बनाइएको संरचना हटाउन पटक–पटक जारी गरिएको सार्वजनिक सूचना तथा निर्देशनको अवज्ञा गरेपछि कालिपुल बसपार्क, अस्पतालचोक, गलेश्वर लगायतका ठाउँमा संरचना भत्काइएको छ ।

नगरपालिकाले सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीको सम्झौता म्याद सकिएपछि थप गरेको छैन् । जिल्ला प्रशासन र नगरपालिका कार्यालय अगाडिका १५ वटा सटर र टङ्की हटाएर सडक विस्तार गरेको छ ।

अस्थायी संरचना हटाएका क्षेत्रमा पार्किङस्थल तथा सडक विस्तार, ढलान, ढल व्यवस्थापन र नाली निर्माण गरिएको छ । सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बजारक्षेत्रमा रहेका अस्थायी टहरा, सटर, टङ्की र ठेला हटाउन नगर प्रहरीले सक्रियता देखाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...