समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

बेनीमा फागुन १६ देखि दादुरा रुवेला विरुद्धको खोप अभियान

बेनी, । म्याग्दीको बेनी नगरपालिकामा यही फागुन १६ देखि २१ गतेसम्म दादुरा रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी भएको छ । बेनी नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रबार खोप अभियानको तयारीका विषयमा जनप्रतिनिधि, शिक्षा समितिका सदस्य र…

भीम माविको कक्षा कोठा भवन उद्घाटन

साधन राम्जालीबेनी, । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५० प्रतिशत,गाउँपालिकाको ४० प्रतिशत र…

प्रवासमा ज्यान गुमाएका म्याग्देलीको छोरीलाई पढाईखर्च सहयोग

बेनी, । खाडीमुलक कतारमा हृदयाघातका कारण ज्यान गुमाएका म्याग्दीको धवलागिरी गाउँपालिका ४, मुदीको खिवाङका नानु घर्ती मगरकी छोरीको शिक्षादीक्षाका लागि मोना कतारको पहलमा संकलित डेढलाख बढी आर्थिक एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।गतबर्षको…

मराङको वडा कार्यालयद्धारा दिर्घसेवी शिक्षकलाई सम्मान

मराङ, । म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर –६ को कार्यालयले दिर्घसेवी दुई जना शिक्षकलाई सम्मान गरेको छ । वडा कार्यालयको आयोजनामा आइतबार राम्चे आधारभूत विद्यालयमा भएको अन्तर विद्यालय स्तरीय विविध खेलकुद कार्यक्रममा शिक्षक भेषनाथ…

प्रकाश माविमा विज्ञान हाजिरी जवाफ प्रतियोगिता

बेनी, । प्रकाश माध्यमिक विद्यालयको आयोजनामा सोमबार बेनीमा विज्ञान हाजिरी जवाफ प्रतियोगिता सन्पन्न भएको छ । म्याग्दी र पर्वत जिल्लाका १४ वटा विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा आयोजक प्रकाश मावि प्रथम भएको छ । लिटिल गार्डेन बेनी र…

मौवाफाँटमा शैक्षिक सामग्री प्रदर्शनी

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेला सम्पन्न भएको छ । सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुले तयार पारेका शैक्षिक सामग्रीहरुको प्रदर्शन…

माउण्टले ३४ र्औं वार्षिकोत्सव मनायो

बेनी, । बेनीमा रहेको माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले ३४ र्औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रमोद श्रेष्ठको सभापतित्व तथा जिल्ला समन्वय समितिका प्रमुख राज कुमार थापाको विशिष्ट…

जनजागृति माविका पदक बिजेता विद्यार्थीहरुलाई नगद सहित सम्मान

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा रहेको जनजागृति माध्यमिक विद्यालयबाट सहभागी भएर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद…

दिवंगत साथीको स्मृतिमा पुर्व विद्यार्थीद्धारा छात्रवृत्ति वितरण

बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा रहेको अर्जुन माविका पुर्व विद्यार्थीहरुले दिवंगत साथीको स्मृतिमा अक्षयकोष बनाएर छात्रवृत्ति वितरण गरेका छन् । वि.स. २०७० को एसएलसीको ब्याचका विद्यार्थीहरुले दिवंगत साथी सरोज कुँवरको…

जनयुद्ध दिवसमा जलजलामा हाजिरी जवाफ प्रतियोगिता

मल्लाज, । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समिति पर्बतले २९ औ जनयुद्ध दिवसको अवसरमा मंगलबार जलजला गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिर जवाफ प्रतियोगिता गरेको छ । जलजला गाउँपालिका–३…