म्याग्दीमा लक्ष्यको १०७ प्रतिशतले दादुरा रुवेला विरुद्धको खोप लगाए

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा लक्ष्य भन्दा १०७.१ प्रतिशत बालबालिकाले दादुरा रुवेला रोग विरुद्धको खोप लगाएका छन् ।

फागुन १६ देखि २१ गते सम्म सञ्चालित अभियानका क्रममा म्याग्दीमा छ हजार छ जना ९ महिना देखि ५ वर्षमुुनीका बालबालिकालाई दादुरा रुवेला रोग विरुद्धको खोप लगाउने लक्ष्य राखिएको थियो । लक्ष्यभन्दा १०७.१ प्रतिशत अथवा छ हजार ४३४ जना बालबालिकाले दादुरा रुवेला रोग विरुद्धको खोप लगाएका स्वास्थ्य कार्यालय म्याग्दीका फोकल पर्सन बिरेन्द्र जयसवालले बताउनुभयो ।

जिल्ला बाहिरका बालबालिका र यसअघि अन्य खोप नलगाएका बालबालिकाहरुले पनि दादुरा रुवेला रोग विरुद्धको खोप लगाएको हुँदा लक्ष्य भन्दा बढी प्रतिशत उपलब्धी देखिएको उहाँले बताउनुभयो । यसअघि नियमित खोप नलगाएका तीन जनाले दादुुरा रुवेलाको खोप लगाएका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

स्थानीय तहका स्वास्थ्य शाखाबाट प्राप्त विवरण स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको हो । अन्नपूूर्ण गाउँपालिकामा ५४४ जना लक्ष्य रहेकोमा ५५८ अथवा १०२.६ प्रतिशत, रघुगंगा गाउँपालिकामा लक्ष्य अनुसार ७२० र धवलागिरी गाउँपालिकामा ८७६ जनाको लक्ष्य रहेकोमा ८३६ जनाले खोप लगाएका छन् ।

मालिका गाउँपालिकामा एक हजार २७६ जनाको लक्ष्य रहेकोमा १ हजार २४९, मंगला गाउँपालिकामा ९२५ जनाको लक्ष्य रहेकोमा ९१२ र बेनी नगरपालिकामा १ हजार ६९४ जना लक्ष्य रहेकोमा २ हजार १६२ जनाले खोप लगाएको स्वास्थ्य शाखाहरुले जनाएका छन् ।

दादुरा रुवेला विरुद्धको खोप लगाउन म्याग्दीका १५० वटा खोप केन्द्रमा १५० जना स्वास्थ्यकर्मी र ३०० जना स्वमसेवक परिचालन भएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...