अन्नपूर्णमा फागुन १६ देखि दादुरा–रुवेला खोप अभियान

Gandaki Pardesh notice

पोखरेबगर,। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ६८० जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ ।

दादुरा–रुबेला खोप अभियान २०८०÷८१ अन्तर्गत अन्नपूर्णका ८ वटै वडाका ९ महिना देखि ५९ महिना सम्मका बालबालिकाहरुलाई यही फागुन १६ देखि २१ गतेसम्म खोप लगाउन लागिएको हो ।

Bhautik ministry notice about road

अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख समुन्द्र बरुवालले अभियानका लागि सबै वडामा खोप समन्वय समितिलाई अभिमुखीकरण र प्रचारप्रसार गरिएको जानकारी दिनुभयो । २८ वटा खोप केन्द्र बनाइएको उहाँले बताउनुभयो । खोप लगाउन घरघरमा निमन्त्रणा पत्र पठाइएको छ ।

Shreekrishna hardwear in news

खोप अभियानको तयारी पूरा भएको र औषधिलगायतका सामग्री सम्बन्धित खोप केन्द्रमा पु¥याइ सकिएको जनाइएको छ । खोप अभियानमा दादुरा–रुबेला खोपबाहेक नियमित खोप लगाउन छुटेका बालबालिकाको पहिचान गरी नियमित खोप पनि लगाइने भएको छ । खोप पूर्ण निःशुल्क र सुरक्षित हुने भएकाले सबैले आफ्ना बालबालिकालाई नजिकको स्वास्थ्य केन्द्रमा लगेर खोप लगाउन अन्नपूर्ण गाउँपालिकाले अनुरोध गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...