विद्यार्थीलाई उपचार खर्च सहयोग

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका दुई जना विद्यार्थीलाई उपचार खर्च सहयोग गरिएको छ ।
गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम म्याग्दी र संगम म्याग्दीद्धारा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजनाबाट उनिहरुलाई रु. ५६ हजार १२५ उपचार खर्च सहयोग गरिएको हो ।
जनविकास माविको कक्षा ९ की रेजिना बिक र जनविकास आधारभूत विद्यालयको कक्षा ४ का रावश जुग्जालीलाई मंगलबार कदम म्याग्दीको कार्यालयमा सहयोग रकम हस्तान्तरण गरिएको कदमका जनस्वस्थ्य अधिकृत निरमाया मिजारले बताउनुभयो ।
कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेल, गुड नेवर्स ईन्टरनेशनल नेपाल जिल्ला कार्यालयका बाल संरक्षण अधिकृत सुर्यमान नगरकोटीले विक र जुग्जालीलाई हस्तान्तरण गर्नुभएको थियो ।
धवलागिरी गाउँपालिकाको सात वटै र मालिका गाउँपालिकाको वडा नम्बर २ रुम, ३ डाडागाउँ, ४ ओखरबोट, ५ देविस्थान र ७ बिममा परियोजना लागू भएको छ । परियोजना अन्र्तगत एक हजार ७४१ ज्ना बालबालिका समावेश भएका छन् ।
स्पोन्सर सेवामा समावेश भएका बालबालिकाको वर्षमा १ पटक अनिवार्य स्वास्थ्य परिक्षण हुन्छ । स्पोन्सरसिप बालबालिकाहरुको आकष्मिक र जटिल प्रकृतिको उपचार गर्नुपर्ने अवस्था आएमा परियोजनाबाट रु. ५० हजार बराबरको उपचार खर्च गर्न सकिने व्यवस्था रहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...