दश जोड दुई तहका उत्कृष्ट विद्यार्थीलाई सम्मान

Gandaki Pardesh notice

बेनी, । सुदिप रावल स्मृति कोषले गतबर्षको दश जोड दुई तहको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक हासिल गरेका दुई जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

स्व. सुदिप रावलको १५ औ स्मृति दिवसमा म्याग्दी पुस्तकालय अन्तरगत सञ्चालित कोषले मगलबार आयोजित एक कार्यक्रममा जिल्ला प्रथम हुने बेनी सामुदायिक माविका हिमाल आचार्य(३.६६जिपिए), न्यु वेष्ट पोइन्ट आवासीय माविका सुदिप पराजुली(३.५४जिपिए)लाई जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले क्रमश ः नगद रु. १० हजार, ५ हजार नगद तथा प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।

सम्बन्धीत विद्यार्थी अध्ययनका लागि जिल्ला बाहिर रहेकाले अभिभावक र विद्यालयका प्रतिनिधिलाई पुरस्कार तथा प्रशसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा जिसस प्रमुख थापाले माध्यामिक तहमै विद्यार्थीको भविस्य निर्धारण हुने भएकाले विद्यार्थीले शैक्षिक तथा अन्य सीपहरुमासमेत आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । सोही अवसरमा न्यु वेष्ट पोइन्ट आवासीय माविका सहायक प्रधानध्यापक कृष्ण जिसी, कोषका सचिव बिक्रम बोगटीले मन्तब्य राख्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कोषका अध्यक्ष एवम् म्याग्दी पुस्तकालयका निर्वतमान अध्यक्ष सन्तोष रावलले कोष मार्फत सामुदायिक विद्यालयका विद्यार्थी, खेलकुद गतिविधि, आर्थिक सहयोग लगाएत विभिन्न कार्यहरुमा सहयोग गरिएको जानकारी गराउनुभएको थियो । कोषले उत्कृष्ट विद्यार्थीसँगै विद्यालयलाई समेत सम्मानपत्रले सम्मान गरेको थियो ।

सम्मान कार्यक्रममा म्याग्दी सामुदायिक माविका सहायक प्रधानध्यापक काशिराम रेग्मी, म्याग्दी पुस्तकालयका पदाधिकारी तथा सदस्य, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो । ०६५ साल फागुन १ गते बागलुङ बजारबाट मालढुंगा जाने क्रममा मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका बेनी नगरपालिका–१ रत्नेचौरका रावलको स्मृतिमा यसैबर्षदेखि पुस्तकालयमा २ लाखको अक्षय कोषको स्थापना गरिएको छ ।

सम्मान कार्यक्रमको अध्यक्षता म्याग्दी पुस्तकालयका अध्यक्ष अम्बिककुमार श्रेष्ठ र सञ्चालन कार्यसमिति सदस्य हरिप्रसाद पौडेलले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...