धवलागिरी माविको पुर्नमिलन अभियानबाट एक करोड भन्दा बढी सहयोग जुट्यो

Gandaki Pardesh notice

सिंगा, म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको धवलागिरी माविलाई रु. १ करोड भन्दा बढी आर्थिक सहयोग जुटेको छ ।

दश जोड २ तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पुर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकहरुको पूनर्मिलन अभियान मार्फत रु. १ करोड एघार लाख पैतीस हजार ४०३ संकलन शुक्रबार आयोजित कार्यक्रममा जानकारी गराइएको हो ।

वि.स. २०७४ देखि शुरु भएको अभियानका संयोजक तथा पुर्व प्रअ डण्डपाणी सापकोटाले रु. १ करोड २१ लाख १ हजार ५९९ सहयोग घोषणा भएकोमा रु. ९ लाख ६६ हजार १९४ प्राप्त हुन बाँकी रहेको जानकारी गराउनुभयो ।

Shreekrishna hardwear in news

“पुर्व विद्यार्थी, शिक्षक, शुभचिन्तक र अभिभावकहरुबाट संकलन गरेको रकमको ब्याजबाट कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गरिएको छ,” उहाँले भन्नुभयो “गाउँकै विद्यालयमा दश जोड २ तहको पठनपाठन सञ्चालन भएपछि विपन्न बालबालिकालाई पढ्नका लागि डेरा लिएर बजारमा बस्नुपर्ने समस्या हटेको छ ।”

Bhautik ministry notice about road

२४९ जनाले सहयोग घोषणा गरेको मध्य २०७ जनाबाट सहयोग प्राप्त भएको छ । बेनी नगरपालिका–४ बास्कुना घर भई हाल न्युजील्याडमा रहनुभएका लालबहादुर केसीले सबैभन्दा बढी रु. २५ लाख सहयोग गर्नुभएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएन)ए न्युजील्याण्डका अध्यक्ष समेत रहेका केसीले हजुरआमा गौमति खत्रीको स्मृतिमा सो रकम सहयोग गर्नुभएको हो । कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, वडा अध्यक्ष समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्का, प्रअ भुवन रेग्मी लगायतले सहयोग दाताहरुलाई सम्मान गर्नुभएको थियो ।

कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल करिब २५० जना विद्यार्थी रहेका छन् । श्रवण क्षमता नभएका बालबालिकाहरुलाई लक्षित गरेर बहिरा स्रोत कक्षा पनि सञ्चालन भएको छ ।

विद्यार्थीलाई आकर्षित गर्न, सिकाई उपलब्धी, उतिर्णदर बढाउ र दक्ष जनशक्ति तयार पार्न नियमित पठनपाठनका अतिरिक्त व्यवसायिक र सिपमुलक शिक्षाका कार्यक्रम सञ्चालन गर्न लागिएको व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...