समाचारको विधा

आर्थिक

पुस्तक ब्यवसायी संघमा नयाँ नेतृत्व

बेनी । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीको १३ औ वार्षिक साधारणसभा तथा छैठौ अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनले नवराज पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा

फुलबारीमा बन्ने भयो गुराँस पार्क

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ फुलबारीमा गुराँस पार्क निर्माणको तयारी भएको छ । डिभिजन वन कार्यालय म्याग्दीले राष्ट्रिय फुल गुराँसको संरक्षण र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले पार्क निर्माण प्रक्रिया अघी बढाएको हो । गण्डकी

घोडेपानी–प्यारीबाराही जोड्ने नयाँ पदमार्ग

घोडेपानी, म्याग्दीको पर्यटकीय स्थल घोडेपानी देखि प्यारीबाराही ताल जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । अन्नपूर्ण गाउँपालिकाले पहिचान गरेको घोडेपानी–प्यारीबाराही ताल पदमार्गमा प्रदेश सरकारले पुर्बाधार निर्माण सुरु गर्न लागेको हो ।

सिंगा तातोपानीमा स्नान गर्नेको घुइँचो (भिडियो खबर )

तातोपानी । करिब एक बर्षपछि खुलेको म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । तातोपानी कुण्ड प्राकृतिक उपचार स्थलको रुपमा परिचित ठाउँ हो । कोरोना(भाइरस)को जोखिम र रोकथामका लागि गरिएको लकडाउनका कारण

भोर्लेनी र भेडाबारीमा सिचाईको समस्या (भिडियो खबर सहित )

भेडाबारी । सुन्तला गाउँमा परिणत भएको म्याग्दीको मंगला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीमा सिचाईको समस्या छ । सिचाई र सडक यातायातको समस्या भेडाबारी र भोर्लेनीको सुन्तला खेतिमा चुनौति बनेको छ । सुन्तला खेतीमा नमुना बनाई कृषि पर्यटन

उद्यमशिलता बिकास तालिम

बेनी, । बेनीमा शनिबार १० दिने उद्यमशिलता बिकास तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा फागुन ४ गतेदेखि सुरु भएको तालिममा ब्यवसाय गरिरहेका र गर्न लागेका ३० जनाको सहभागिता थियो । तालिमको उद्यम बिकास सहजकर्ता

दानामा सिलाई कटाई तालिम सुरु

गंगा पुनदाना । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको डाडागाउँमा एडभान्स लेबलको सिलाई कटाई तालिम सुरु भएको छ । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा गाउँपालिकाद्धारा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम

मालिका धुरीमा लायन्स क्लव अफ बेनी पिस सिटीको हाइकिङ

मलिका । लायन्स क्लब अफ बेनी पिस सिटिले मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने मालिका धुरीको पर्यटन प्रर्वद्धनका लागि हाइकिङ गरेको छ । क्लवका पदाधीकारी र पत्रकारहरुको टोलीले बिमको बाइन्दफाँट हुदै पैदलयात्रा गरेका हुन् । बेनीबाट

पिडामा परेका गुल्मीका कृषकलाई म्याग्दीका कृषकको सहयोग

बेनी । आगोलागीका कारण बाख्रा सहित गोठ जलेर पिडामा परेका गुल्मीको चन्द्रकोट गाउँपालिकाका कृषकलाई बिहीबार म्याग्दीका कृषकहरुले सहयोग गर्नुभएको छ । गत पुष २३ गते अज्ञात व्यक्तिहरुले गोठमा लगाउँदा बिरेन्द्र शाहको एसथ्री बाख्रा फार्ममा रहेका

पाउद्धारमा चौरी महोत्सव सुरु

पाउद्धार, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा बुधबारदेखि प्रथम चौरी महोत्सव सुरु भएको छ । राष्ट्रिय पशुपंक्षी स्रोत ब्यवस्थापन तथा प्रर्वद्धन कार्यालयको सहयोगमा चौरी स्रोत संरक्षण तथा प्रर्वद्धन समिति पाउद्धारले आयोजना गरेको