ढोलठानामा जेसिजको पर्यटन प्रर्वद्धन कार्यक्रम

Gandaki Pardesh notice

ढोलथान । म्याग्दी जेसिजले शनिबार बेनी नगरपालिका–९ स्थित ढोलथानमा पर्यटन प्रर्बद्धन कार्यक्रम गरेको छ ।

ओझेलमा परेको ऐतिहाँसिक तथा पर्यटकीय सम्भावना बोकेको ढोलथानको प्रचारप्रसारका लागि होडिङ बोर्ड स्थापना गरेको हो । काठमा कलात्मक अक्षरले लेखेर ढोलथानको बारेमा सूचना मुलक होडिङ बोर्ड राखिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो ।

बेनपा–९ का वडा अध्यक्ष बेलबहादुर चोखाल, वडा सदस्य भेषबहादुर सेन, निलपहरा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष सागर बानिया र जेसिजका पदाधीकारीहरुको उपस्थितिमा होडिङ बोर्ड राखिएको थियो ।

Shreekrishna hardwear in news

ओझेलमा परेका म्याग्दीका पर्यटकीय स्थलहरुको प्रर्वद्धन गर्ने म्याग्दी जेसिजको अभियान अन्तरगत ढोलथान पुगेको पुर्ब अध्यक्ष बिरेन्द्र श्रेष्ठले बताउनुभयो । यसअघि बेनपा–४ तातोपानी, रघुगंगा–२ रुइसे, पर्यटकीय स्थल टोड्के लगायतका ठाउँमा जेसिजले होडिङ बोर्ड स्थापना र प्रर्वद्धनात्मक गतिबिधी गरेको कार्यक्रम संयोजक नबिन केसीले बताउनुभयो ।

Bhautik ministry notice about road

वडा अध्यक्ष चोखालले ढोलथानको बिकासका लागि सडक निर्माण र स्तरोन्नति, प्रतिक्षालय, पदमार्ग, खानेपानी र उद्यान निर्माण भएको बताउनुभयो । म्याग्दी जेसिजका उपाध्यक्ष दिनेश बानियाले नयाँ गन्तब्यको पहिचान र प्रर्वद्धनमा पहल गरेको बताउनुभयो ।

राजबम मल्लको समयमा बि.स. १६३१ देखि राजाहरु हिउँदका चार महिना बेनी र अरु आठ महिना ढोललठानामा बसेर तत्कालीन पर्वत राज्य सञ्चालन गरेको इतिहाँस छ । पर्वत राज्य नेपालमा बिलय भएको बि.स. १८४३ सम्म ढोलठानामा सो राज्यको राजधानीको रुपमा रहेको थियो ।

नेपाल एकिकरणपछि दरबार भत्किएकाले त्यहाँ भित्र रहेका सामग्रीहरु भग्नाअवशेषमा परिणत भएका छन् । समुन्द्रि सतहदेखि एक हजार ७०० मिटर उचाइमा अवस्थित ढोलठाना पर्यकीय हिसाबले पनि महत्वपूर्ण छ ।

पुरातात्विक सम्पदाको साथै धवलागिरि, अन्नपुर्ण, निलगिरि लगायत दर्जनौ हिमाल, सुर्योदयको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । नागबेली परेर बगेको म्याग्दी नदीको साथै पर्वत र बागलुङका बजार तथा बस्ती अवलोकन गर्न पाउनु ढोलठानाको थप बिशेषता हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...