उज्यालो बैकल्पिक बिद्यालयलाई जेसिजको सहयोग

Gandaki Pardesh notice

बेनी । पौद्धलाई माध्यमिक तहको शिक्षा हाँसिल गर्ने अवसर प्रदान गरेको बेनीको उज्यालो बैकल्पिक बिद्यालयलाई मंगलबार म्याग्दी जेसिजले आर्थिक सहयोग गरेको छ ।

म्याग्दी जेसीजका पदाधीकारी र दाताहरुले चन्दा संकलन गरेर आर्थिक संकटका कारण समस्यामा परेको बिद्यालयलाई रु. एक लाख सहयोग गरेको हो । म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीले उज्यालो बैकल्पिक बिद्यालयको सञ्चालक समितिका कार्यबाहक अध्यक्ष राजेश शाक्यलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु, सञ्चालक समितिका सदस्यहरुको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

Shreekrishna hardwear in news

१९औं जेसीज कप सञ्चालन मार्फत संकलन भएको २५ हजार र २०२२ को सञ्चालक समितका सदस्यहरुबाट २५ हजार संकलन गरी आर्थिक सहयोग गरिएको हो । बाँकी रु. पचास हजार दाताहरुबाट सहयोग जुटाइएको थियो ।

Bhautik ministry notice about road

विभिन्न कारणले बिचैमा पढाई छाडेका महिला र प्रौद्धहरुलाई कक्षा १० सम्मको शिक्षाको अवसर दिलाउन बि.स. २०७३ देखि सुरु भएको उज्यालो वैकल्पिक विद्यालयबाट बि.स. २०७७ मा नौ जनाले एसईई उतिर्ण गरेका थिए ।

विद्यालयमा २५ देखि ६० वर्ष समूहका ४८ जना महिला अध्ययनरत रहेको बिद्यालय सहजकर्ता रिता गर्बुजाले बताउनुभयो । नाम मात्र लेख्न सक्ने धोकाले पढ्न थालेका आमाहरूले अहिले नेपाली, अंग्रेजी, गणित विषय पढ्दै, लेख्दै र कम्प्युटर पनि चलाउन सक्ने बनेका छन् ।

गत बर्षसम्म गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालय, जिल्ला शिक्षा तथा समन्वय इकाई र बेनी नगरपालिकाले बिद्यालय सञ्चालन गर्न सहयोग गरेका थिए । सात जना शिक्षक कार्यरत छन् ।

हाल उक्त विद्यालयमा आर्थिक संकट आई सञ्चालनमा कठिनाई भएको छ । मासिक रु. एक लाख बजेट आवश्यक पर्छ । नगरपालिकाले बिनियोजन गरेको बजेट अपुग भएको र मन्त्रालयले बजेट कटौति गरेपछि समस्या भएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...