रघुगंगामा जौ र मालिकामा आलु ब्लक शुरु

Gandaki Ghumau

बेनी । म्याग्दीका दुई वटा स्थानीय तहमा यस बर्षदेखि जौ र आलुको ब्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रम शुरु भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिकाको ५ झिँ र ६ नम्बर वडा पाखापानीमा जौ तथा मालिका गाउँपालिकाको ६ नम्बर वडाको दिच्याम र ७ नम्बर वडाको बिममा आलु ब्लक शुरु भएको हो ।

कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले जौ र आलुको व्यावसायिक खेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने उद्देश्यले ब्लक कार्यक्रम सुरु भएको बताउनुभयो ।

Shreekrishna

“पालिका र जिल्ला स्तरमा सरोकारवालाको सिफारिसपछि थपिएको आलु र च्याङग्रा जोन कार्यक्रम कृषकहरुको सञ्चालक समिति गठन र सम्झौता गरि कार्यान्वयन थालिएको छ,” उहाँले भन्नुभयो “नयाँ ब्लक कार्यक्रमका लागि चालु आर्थिक बर्षमा रु. २४ लाख बजेट बिनियोजन भएको छ ।”

केन्द्र मार्फत यसअघि रघुगंगा गाउँपालिका–८ कुइनेमंगले, अन्नपूर्ण–८ राम्चे र मंगलाको ३, ४ र ५ नम्बर वडामा आलु, बेनी नगरपालिका–४ र मंगला–३, मालिकाको ४, ५, ६ र ७ वडामा सुन्तला र धवलागिरी–७ ताकममा रैथाने धान बालीको बल्क कार्यक्रम सञ्चालन भएको थियो ।
छ वटा पुराका ब्लक कार्यक्रमको निरन्तरताका लागि रु. १३ लाख ११ हजारका दरले बजेट बिनियोजन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलले बताउनुभयो । जौको ब्लक ५० हेक्टर र आलु बल्क ३० हेक्टर क्षेत्रफल समेटिएको छ ।

Gunasthariya Shiksya

कार्यक्रम मार्फत कृषकहरुलाई निशूल्क तालिम र प्राबिधिक सहयोगका साथै सिचाईमा ८५ र कृषि औजार, बिउ र बिषादीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने केन्द्रका प्रमुख सिग्देलले बताउनुभयो । पोषिलो खाद्यबाली जौको खेती घट्दो क्रममा रहेको अवस्थामा शुरु भएको कार्यक्रमले संरक्षण र ब्यवसायिक उत्पादन तथा बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


जिल्लाभर तीन सय हेक्टरमा जौ खेती हुने र बार्षिक चार सय मेट्रिक्टन उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । एक हजार ६०० हेक्टर भन्दा बढीमा खेती हुने आलु म्याग्दीबाट निकासी हुने मुख्य कृषि उपज हो । जिल्लामा बार्षिक सोह् हजार ४५० मेट्रिक्टन आलु उत्पादन हुन्छ ।
आलु बल्क लागू भएको बिममा जिल्लामै पहिलो पटक उपकरणको प्रयोग गरेर आलु खेती गरिएको छ । किसानी प्राबिधिक शिक्षालयको बाली बिज्ञान बिषय पढ्ने बिद्यार्थीहरुले आलु खेतीका लागि प्रयोगात्मक अभ्यास गरेका छन् ।

संघीय सरकार अन्तरगतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले जोन, प्रदेश सरकारको कृषि ज्ञान केन्द्रले बल्क र स्थानीय तहका कृषि शाखाले पकेट क्षेत्रका कार्यक्रम कार्यान्वयन गरेका छन् ।

रघुगंगा गाउँपालिकाको ६, ७ र ८ र अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडामा ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) लागू भएको छ । कृषि ज्ञान केन्द्र मार्फत आलु बल्क कार्यक्रम सञ्चालन भएको रघुगंगा–८ कुइनेमंगले र अन्नपूर्ण–८ राम्चे भने आगामी बर्षदेखि जोन कार्यान्वयन हुने अधिकृत बस्यालले बताउनुभयो ।

आलु जोनका लागि रु. १३ लाख चार हजार बजेट आएको छ । यसअघि मुस्ताङमा स्याउ, म्याग्दीमा बंगुर र म्याग्दी, पर्वत र बागलुङका सात वटा पालिकालाई समेटेर सुन्तला जोन सञ्चालन भएको थियो । पुराना जोनका लागि यसपालि रु. तीन करोड ५३ लाख बजेट प्राप्त भएको परियोजना कार्यान्वयन इकाईका प्रमुख बरिष्ठ पशु चिकित्सक सुधिर थापाले बताउनुभयो ।

“कृषि क्षेत्रको उत्पादन वृद्धि, सुशासन, बजारमा प्रतिस्पर्धायोग्य वस्तुको उत्पादनसँगै कृषिलाई उद्योगमा रूपान्तरण गर्ने परियोजनाको मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो “जोन मार्फत कृषकले बिभिन्न योजनामा ५० देखि ८५ प्रतिशतसम्म अनुदान पाउँछन् ।”

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...