काम खोज्दै आएका टंकलाल आफै होटल मालिक बने

Gandaki Ghumau

गलेश्वर, काभ्रेको धुलिखेलका टंकलाल श्रेष्ठ २५ बर्षअघि कामको खोजीमा म्याग्दी आउनुभएको थियो ।

घरको कमजोर आर्थिक अवस्थाका कारण १५ वर्षको उमेरमा घर छोडेका ४० वर्षीय श्रेष्ठ अहिले करोडौ लगानी भएको होटलको मालिक बन्नुभएको छ । २५ बर्षअघी होटल मजदुरको रुपमा आएका श्रेष्ठले बेनी नगरपालि–९ गलेश्वरमा होटल ताज महल लज एण्ड रेष्टुरेन्ट स्थापना गर्नुभएको हो ।

Shreekrishna

“रु. सात करोड लगानी र चार वटा बाथटप सहित ३६ वटा कोठा भएको होटलमा दैनिक एक सय जना पाहुना बास बस्न सक्छन,” उहाँले भन्नुभयो “सामान्य एक रातको रु. एक हजार देखि रु. तीन हजारमा बास बस्न मिल्ने कोठा छन् ।”

Gunasthariya Shiksya

सबै कोठामा तातोपानीले स्नान गर्न पाउने र इन्टरनेटको सुबिधा छ । मौलिक थकाली, इन्डियन, चाइनिज, नेपाली र कन्डिनेन्टल खाना र खाजाको परिकार उपलब्ध छ । रु. एक करोड लगानीमा साढे छ आना जग्गा खरिद गरेका श्रेष्ठले भवन, संरचना निर्माणमा रु. छ करोड लगानी गरेको बताउनुभयो ।

होटलका लागि आफ्नो जग्गासँगै साढे छ आना जग्गामा बनेको अर्को चार तले भवन पनि भाडामा लिनुभएको छ । “कोरोना महामारीपछि पर्यटक आउने आशाले होटलमा लगानी गरेको हो,” श्रेष्ठले भन्नुभयो “गलेश्वर, म्याग्दी भ्रमणमा आउने, मुस्ताङ जाने र आउने पर्यटकहरुलाई लक्षित गरेर श्रेष्ठले होटल सञ्चालन गरेको हो ।”

याममा चाप हुँदा म्याग्दीका होटलको क्षमताले नधानेर पाहुनालाई बाग्लुङ, कुश्मा, पोखरा र मुस्ताङ पठाउनुपर्ने अवस्था अन्त्यका लागि सहयोग पुग्ने श्रेष्ठको बिश्वास छ । होटलमा टंकलाई श्रीमति दुर्गाले साथ दिनुभएको छ । अन्य तीन जनाले रोजगारी पाएका छन् । होटलमा काम गर्दा पाहुनाहरुसँग भएको चिनजान र सम्बन्ध तथा हौसलाबाट उत्साहित भएर आफै होटल खोलेको श्रेष्ठको भनाई छ ।

श्रेष्ठ बि.स. २०५३ मा कामको खोजीमा म्याग्दी आउनुभएको थियो । साढे पाँच बर्ष मुस्ताङ लेतेको कालापानी र ९ बर्ष बेनीको होटल यतिमा मुख्य कुक भएर काम गरेका श्रेष्ठले गलेश्वरको रिभरसाइड होटल भाडामा लिएर आठ बर्ष चलाउनुभयो । पछिल्लो पटक उहाँले चार बर्षदेखि गलेश्वरमै मदरल्याड होटल चलाउनुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...